Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

राज्यलक्ष्मीलाई पार्टीध्यक्षकै सम्मान

१३ सोमबार , पौष २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-
राज्यलक्ष्मी गोल्छालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नै सम्मान गरेपछि एमालेभित्र भ्रष्टाचारकाण्डको हल्ला हुनु र ७ करोड दिएर सभासद लिएकी हुँ भन्ने राज्यलक्ष्मीको आलोचना गर्नु एमाले वृत्तको मुर्खता सावित भयो कि भएन? तव न एमाले। एमालेको विशेषता नै यही हो कि जसले नगद लाभांस दिन्छ, उसलाई सम्मान गर्ने र पार्टीको सभासद बनाउने। यसमा डेढ डेढ करोड दिएर फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले गीता राणा, बाबुराम पोखरेल र उमेश श्रेष्ठलाई सभासद पद बेचे भनेर के नैतिक प्रश्न उठाउनु र? त्यसो त सिभिल होम्स, सहकारी र सिभिल बैंकका इच्छाबहादुर तामाङले पनि पैसा दिएर सभासद किनेकै हुन्। जुन देशमा कानुन निर्माताजस्तो पद किन्न पाइन्छ, त्यो देशमा कानुनको के हालत होला? त्यसै ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको अदालतमा बढी भ्रष्टाचार हुने तथ्यांक सार्वजनिक गरेको हो र? आखिर सत्य त्यही हो, सत्यता त्यही सर्वेक्षणमा निहित छ। सत्य लुकाएर कतिञ्जेल लुक्ने? जनतालाई सबै थाहा छ, जनताले बुझेका छन्।

एमालेका कर्तव्यनिष्ठ कार्यकर्ताले प्रश्न गरेका छन्– कमरेल गोल्छाले आत्मालोचना गरिछन् कि ७ करोडमा अरु थपथाप गरिदिइछन्? यो प्रश्न अनुत्तरित नै छ। आश्चर्य, पार्टीका नेताहरुलाई ७ करोड दिएकी छु भन्ने राज्यलक्ष्मी गोल्छालाई पार्टी अध्यक्ष तथा महासचिव ओली र ईश्वर पोखरेल आफै सुनसरी पुगेर राज्यलक्ष्मीलाई सम्मान गरेका हुन्। राज्यलक्ष्मीले म भारतीय बुहारी भएर हेपेको? भनेर के धम्क्याएकी थिइन्, एमाले नेतृत्वको सातो गएछ, उनको सम्मान गरिहाले। राज्यलक्ष्मी संविधानको प्रकृयागत मतदानमा सहभागी भइनन्। केपी ओलीको प्रधानमन्त्रीत्वको चुनावमा पनि मतदान गर्न गइनन्। स्वयं केपी ओली, उनका किचेन सहयोगी प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टहरुले राजीनामा नदिए कारवाही हुन्छ, राजीनामा दिइहाल्नु भनेर धम्कीयुक्त फर्मान पनि जारी गरेका थिए, तर राज्यलक्ष्मीले ७ करोडमा किनेको सभासदबाट किन राजीनामा दिने? भनेर अड्डी लिएपछि र कानुनी लडाइ लड्ने बताएपछि स्वयम् केपी ओलीले सुनसरी पुगेर गतहप्ताको सोमवार उनलाई हाँसी हाँसी सम्मान गरेका हुन्। राज्यलक्ष्मी खुश भइन्। ८० जनालाई सम्मान गरिएकोमा आधाभन्दा बढी एमालेलाई आर्थिक सहायता गर्नेहरु थिए। केही अपराधीसमेत परेकोमा एमालेभित्र चर्चा त चल्यो तर त्यसलाई सत्ता र शक्तिको बलमा थामथुम पारिएको छ। यद्यपि देशले थाहा पायो कि एमाले भनेको अपराधीको गुँडजस्तो पार्टी रहेछ। नागरिकको बेहाल भइरहेको बेलामा तिनलाई राहत दिन छाडेर पैसाको रास दिनेलाई सम्मान गर्दै हिडेको छ। देखियो एमालेको चर्तिकला।