Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बादर व्यवस्थापन गर्न राजदूत लाग्ने

०२ मंगलबार , माघ २०८०१० महिना अगाडि

बादर व्यवस्थापन गर्न राजदूत लाग्ने

काठमाडौं । कांग्रेस सभापति देउवा पत्नी सत्तामा छैनन्, तर उनले सत्तालाई जानकारी नै नदिई बाँदर कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई चिठी लेखेको बताएकी छिन् ।
आरजु देउवा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति हुन्, समितिको काम सरकारको ध्यानाकर्षण गर्नु हो, राजदूतलाई पत्र लेखेर कार्यकारीणी हुने होइन । तर भयो यस्तै, सत्ता एकातिर, संसद अर्कोतिर ।
भारतीय दूतावास, महामहिम राजदूत नवीन श्रीवास्तवले कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । सभापति आरजुको तर्क छ– किसानको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर मित्रराष्ट्र भारतका राजदूतलाई चिठी लेखेकी थिएँ, उहाँले रेस्पोन्स गर्नुभएको छ । के रेस्पोन्स गर्नुभयो ? खुलासा भएको छैन ।
यो कस्तो सरकार हो, जसले बाँदर व्यवस्थापन गर्न पनि संसदीय समितिले विदेशी राजदूतलार्य पत्र लेख्दा समेत कुनै प्रतिक्रिया जनाउँदैन । सभापति आरजुका अनुसार भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई दुई–तीन महीनाभित्र भारतको हिमाञ्चल प्रदेशमा तालिमका लागि पठाउने तैयारी भइरहेको छ ।