फ्रान्सको नयाँ प्रधानमन्त्रीमा ३४ वर्षीय गेब्रियल एटल नियुक्त भएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि शिक्षामन्त्री रहेका एटललाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । फ्रान्सेली राजनीतिक प्रणाली अनुसार प्रधानमन्त्री राष्ट्रपतिद्वारा नियुक्त गरिने र संसद्प्रति उत्तरदायी हुने व्यवस्था रहेको छ ।
एटलले घरेलु नीति कार्यान्वयन गर्ने, विशेष गरी आर्थिक उपायहरू र सरकारको मन्त्रीहरूको टोलीलाई समन्वय गर्ने जिम्मेवारीमा हुनेछन् । त्यस्तै हालको मत सर्वेक्षण अनुसार एटल देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ मध्ये एक हुन् ।
२०२७ सम्म कार्यकाल रहेको फ्रान्सका राष्ट्रपति म्याक्रोन ४६ वर्षका छन् भने हाल नियुक्त प्रधानमन्त्री एटल ३४ वर्षका छन् । प्रधानमन्त्री एटल सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी अधिकारी बनेका छन् ।
यसअघिको प्रधानमन्त्री बोर्नले विवादास्पद अध्यागमन कानून र केही विदेशीहरूलाई देश निकाला गर्ने सरकारको नीति प्रति राजनीतिक तनाव बढेपछि राजीनामा दिएकी थिइन् ।
राष्ट्रपति म्याक्रोनले एटललाई बोर्डमा ल्याउने उनको यो कदमलाई युरोपेली संसदको जुनमा हुने चुनावअघि लोकप्रियता बढाउने रूपमा हेरिएको छ ।
यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट फाबियस प्रधानमन्त्री नियुक्त भएका थिए उनको रेकर्ड तोड्दै ३४ वर्षीय एटल सबैभन्दा कान्छो उमेरका प्रधानमन्त्री नियुक्त भएका हुन् ।