सुरेश कुमार पाण्डें– - - -
देशभित्र बसोबास गर्ने जनताहरूको धेरैजसो समस्य एउटै छ । राजनीतिक पार्टी भनेको हाम्रो राष्ट्रियताको रक्षा गर्ने र समाजलाई सही दिशाबोध गराउँन सक्ने हुँनुपर्द छ । त्यसो गर्न नसक्दा जनताको आक्रोश चुलिएको हो ।पार्टीका नेता कार्यक्रताहरूले एक आर्कामा हिलो छ्यापेर आरोप प्रतिआरोप लगाएर समस्या हल हुनसक्तैन ।
अहिले देशको अबस्था जस्तो छ यो अबस्था सिर्जना गर्नेमा कमोवेस सबै राजनति पार्टी जिम्मेदार छन् । खास गरेर सरकारमा बसेका ठुला राजनीतिक दलाहरूको अदुरदर्सियता कायरता र दलाली मानसिकताले देशलाई ठुलो सङ्कटमा पुराएका छन् । देश अस्तित्वको संकटमा फसिसकेको छ ।
अहिले देशभित्र राजतन्त्रको वÞकालत त्यत्तिकै भएको छैन् । यसरी राजनतन्त्रको वÞकालत गर्नुमा पनि दलहरूको कम्जोर पक्षले काम गरेको छ । दुर्गा प्रसाई जस्ता व्यक्तीहरू किन राजबादी हुनुपर्यो ? स्वयम दुर्गाप्रसाईलाई सोधे हुन्छ । सरकारले उद्योग गर्नेहरू ढाड सेक्नमा कुनै कसर नछोडेर उनिहरूले घरिघरी दलबदलको नीति अप्नाए र अन्तत्वगत्व राजतन्त्रलाई समर्थन गर्नपुगे । कुनै पनि उद्योगपती आफ्नो भबिस्यको पहिरो जावस् भनेर कल्पना समेत गर्न सक्दैन ।
व्यापारीलाई मुनाफा, गरिबलाई मानो र छानो, युवालाई रोजगार, किसानलाई समयमा मल,जल र बिउ आदि । यसैको लागि सबैले आआफ्नो योजना बनाएका हुन्छन् तर त्यो राज्यले दिन नसक्दा अवसरबादीहरूले त्यही प्राप्तीका लागि चर्का नारा लगाएर जनमत आफुतिर तान्ने गर्दछन् । यही हाम्रो देशको वर्तमान राजनीतिक अबस्था हो । देशभित्रको अस्थिर परिदृश्य यही हो ।
बिगतमा हाम्रो देशले लामु समय करिब १०४ वर्ष सम्म राणा शासन खेपेको र ३२ वर्ष सम्म राजतन्त्र झेलेको इतिहास छ । लामू शंघर्षपछि देशले गणतान्त्रिक ब्यवस्था प्राप्त गर्यो । यो गणतन्त्र ल्याउनलाई देशका जनताले साँडे छ दशक सम्म बलिदानी पूर्वक संघर्ष गरेकाछन् । तर हाम्रो देशभित्र जसरी भ्रष्टाचार फैलियो, महंगी फैलियो । र सरकारमा बसेका व्यक्तीहरूकै आफन्तीहरू अपराधमा सलङ्गन भएको, तस्करीमा सामिलभए चेलिबेटीको बलात्कार देख्दा र ति बलात्कारीहरूलाई छोप्न नसक्नुले जनता आहाल भएको देखिन्छ । जनता आक्रोसित हुनुको कारण यही नेतृत्वको स्वार्थी र अपराधी चरित्र हो । उनिहरूको आक्रोशले गर्दा पनि राजावादीहरूलाई उत्साह मिलेको छ । नेतृत्वको गलत प्रवृत्तिले असन्तुष्टि बढ्यो ।
प्रशासनले यति धेरै निर्दिय भयो की उक्त तीनजना युवाहरूलाई गोली हानेर हत्या गर्यो । आधुनिक गणतन्त्र राणाको साशन भन्दापनि क्रुर बन्दै गएको यो घटनाले पनि आभाष दिलायो । युवाहरूले रोजगारको माग को सँग गर्ने ? सरकार यसरी सत्ता दमनमा उत्रनु नहुने थियो । सरकारले ताकेरै गोली हान्नै पर्ने अबस्था पनि थिएन । गृहमन्त्री आफैले यो घटनाको नैतिक जिम्मालिएर राजिनामा दिनुपर्दछ । जनतामा माफी मागेर मृतकको आश्रृतलाई सहयोग गर्ने आँट देखाओस् । यो घटनाको कुनै भरपर्दो निकाएं द्वारा छानबिन गरेर दोषिमाथी यथास्रिध कारवाई गर्नुपर्दछ । निर्दोशहरूलाई बिनासर्त रिहा गर्नुपर्नेहुन्छ । हुन त यो एउटा प्रतिनिधि मूलक घटना मात्र हो । यस्ता कयौँ घटनाहरू हुँदै आएका छन् र भविष्यमा घटनाहरूको वृद्धी हुने सम्भावना सत्ताको निरंकुश यो ब्यवहारले देखाएको छ ।
सत्ता जनतामाथि जाइलाग्ने । विदेशी तत्वहरू धर्म र जातिमाथि खेलबाड गर्ने, हिंसा फैलाउन मलजल गर्ने कार्य पनि भइरहेको छ । यही अस्थिर अवस्थाको लाभ उठाउन भारतले विदेशमन्त्री नै पठाएर नेपालमाथि खेलबाड गरेको छ ।
सबै धर्मको सम्मान गर्नका लागि देशले सम्विधानमा धर्मनिर्पक्षता समाबेश गरेको थियो तर अहिलेको अबस्था देशलाई टुक्राउन बिसरवाद र साम्राज्यवादी शक्तिहरूले धर्मलाई नै प्रयोग गरेको देखिन्छ । उनिहरूले धर्मनिरपक्षतामा टेकेर नै देशभित्र आयतित धर्मको ओइरो लगाउन थालेका छन् ।
एकातिर हिन्दू धर्मको आडमा दलितहरूमाथी जातिय बिभेद छुवाछुत आदि द्वारा गरिने अनाबस्याक बिभेद । जस्ले गर्दा दलितहरूले आफ्नो जात परिवर्तन गर्न बाध्य भएको देखिन्छ । आर्कोतिर बिभिन्न लोभ लालचमा गरिब जनताहरूलाई धर्म परिवर्तन गर्न लगाईएको अवस्थाले आउने दिनहरूमा हिन्दु र इसाईको बिचमा द्वन्द गराएर साम्राज्यवादले आफ्नो स्वार्थ पुरा गर्नका लागि देशलाई घरेलु युद्धको घानमा धकेल्दैछ । देशलाई बिदेशीहरूले नै आफ्नो युद्धको अखाडा बनाउन सक्दो प्रयत्न गर्दै आएको देखिन्छ । यसो हुनुमा धेरैजसो राजनीतिक दलहरूको उनिहरूको अगाडी नतमस्तक हुनु र उनैले दिएको कलो खाने आस गर्नाले हो । पार्टीहरूलाई देश र जनताको हितको चिन्ता हुन्थ्यो भने उद्योग कल कारखानाको सुरू गरेर देशलाई आत्मनिर्भर गराउने प्रयत्न गर्नेथिए तर केही गरेनन् । युवाहरूलाई खाडी मूलुकमा बेचेर रेमिटेन्सले देश चलायरहेका छन् । लुटिरहेका छन् । अहिले बिदेश जाने माग गरेका युवाको हत्याले सरकारको ब्यवहारलाई उदाङ्गो पारेकोछ ।
आफ्नै सन्तानको हत्यारा यो सरकार बिदेशीले अतिकरमण गर्दा चुं सम्म गर्दैन । आज छिमेकीले भूमि अतिक्रमण मात्र गरेको छैन् बरू भाषा, भेषभुशा समेतमा अतिक्रमण गर्दै आएको छ । त्यो मात्र होइन पुरै देशलाई आफ्नो मण्डि बनाएको छ । यस्तो अबस्थामा पनि देशका राज नेताहरू मिलेर साम्राज्यवादको डटेर मुकाविला गर्नुको साटो आपसमा एकले आर्कालाई तँ मैलो भन्दै धारे हात लगाउँदै छन् । देशमा दिनप्रतिदिन साम्राज्यवादको चलखेल बढेर गएको छ । साम्राज्यवादले देशलाई चारैतिरबाट घेरेको अबस्थामा हाम्रो भूमिका कस्तो
हुनुपर्छ ? यत्ती नबुझ्ने वÞा नबुझेको जस्तो गर्नेहरूले देशलाई नर्क बनाउँदैछन् ।
देशको अहिलेको परिवेश कसैसँग पनि लुकेको छैन् । गाउँमा सिंचाइको व्यबस्था नहुँदा खेत बारिहरू बाजिँदै गएका छन् । मानिस मर्दा मलामि समेत पाइन छाड्यो । युवा बिहिन समाज बनेको सबैको सामु छर्लङ्गै छ । अर्थब्यवस्था डामाडोल छ । देशभित्र चौतर्फी रूपमा पुनः अतिक्रमणको बलियो आधार बन्दै जानु भनेको स्वयम राजनीतिक दलहरूको आपसी एकता नहुनु र छिमेकीले देशभित्र अनेक प्रकारका अराजकताका गतिविधीहरू सिर्जना गराउनु हो ।
एकातिर भ्रष्टाचारीहरूले जनताहरूमा आक्रोश जन्मिएको छ । जनताले सबै जसो राजनेता र मन्त्रीहरूलाई एउटै घानमा हाल्न थालेकाछन् । सरकारको गलत कृयाकलापको बिरोधमा उत्रिएका युवाहरूलाई सरकारले गोली ठोकेर हत्या गर्न पुगेको छ । यसरी यो सरकार पनि तानाशाह बन्न पुगेको देखिन्छ ।