Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रचण्ड र ओलीवीच टकराव बढ्यो

२४ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

प्रचण्ड र ओलीवीच टकराव बढ्यो

काठमाडौं । राष्ट्रिय सभाका १९ सांसद र एकजना मनोनित सदस्यका लागि प्रतिपक्षी एमालेले ६ सिट माग्दा पनि नदिएपछि एमाले मिसन ८४ मै पुगेको छ । एमालेले आगामी निर्वाचनमा एकलौटी सरकार बनाउने भाषणबाजीलाई तीब्र पारेको छ ।
सत्तारूढ गठबन्धनलाई थाहा छ, ग्राउण्ड लेभलमा एमालेको शक्ति दह्रो छ । एकल कांग्रेस वा एकल माओवादीलगायतका कुनै पनि पार्टीले एमालेसँग जुधेर जित्न सक्दैनन् । यही पहिलो कारण हो, कांग्रेस सभापति देउवाले गठबन्धनलाई त्याग्ने निर्णय गर्न नसक्नु र प्रतिक्षा गरेर प्रचण्डपछि माधव नेपाल र त्यसपछिको २ वर्षे सत्ता र चुनावी सरकारको नेतृत्व गर्ने आश गरेर बस्नु । जसरी कांग्रेसले आज प्रचण्डलाई आँखा चिम्लेर समर्थन गरिरहेको छ, के भन्न सकिन्छ, आफूपछि बन्ने नेकपा स का अध्यक्ष माधव नेपाल वा त्यसपछि बन्ने देउवा सरकारलाई यसैगरी समर्थन गर्नेछन् । हुनसक्छ, त्यतिबेला प्रचण्डको रणनीति नै फेरिन पनि सक्छ । सत्तामै बसेर क्रान्ति जारी छ, तरिकामात्र फरक भएको हो भन्ने प्रचण्ड डाइनामिक नेता हुन् । ३२ सिट भएर एकछत्र राज्य सञ्चालन गर्न सक्ने खुवी भएका प्रचण्डले भोलि अर्को रणनीति अख्तियार गर्न नसक्लान् भनेर कसैले पनि पत्याउन सक्देनन् ।
प्रचण्डलाई ठिक ठाउँमा ल्याउन सक्ने एमाले अध्यक्ष ओली नै यतिबेला सन्निपात भएजस्ता बनेका छन् । ओलीको रणनीति एकपछि अर्को खेर गइरहेको छ । भन्न सकिन्न ओलीले कडा कदम चालुन् वा प्रचण्डले रणनीति फेरून्, यथार्थमा ओली प्रचण्डवीच महाभारत भइरहेको छ ।