Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

कोरिया जानेको रोष्टर तैयार

०६ सोमबार , पौष २०७२११ बर्ष अगाडि

अर्को महिना यतिखेर नेपाली कामदारका लागि कोरिया जाने रन्को सुरु हुनेछ। यसवर्ष इपीएस भाषा परीक्षामा ८ हजार ४ सय ९० जना पास भएका छन्। तिनको स्वास्थ्यपरीक्षण र जब एप्लिकेसन फाराम भरेर रोष्टर तैयार गर्ने काम धमाधम भइरहेको छ। इपीएस शाखाका अधिकारी डिल्ली बास्तोलाका अनुसार रोष्टर पठाउने काम सकिनै लाग्यो, जनवरीको अन्तिम हप्तादेखि नेपाली कामदार कोरिया पठाउने काम सुरु हुनेछ। उत्पादनमूलक क्षेत्रबाट मनग्गे माग आइरहेका छन्, कृषिमा माग कम भएका कारण अध्यक्ष कामदार पठाउन केही समस्या पर्लाजस्तो स्थिति देखिन्छ।
कोरिया राम्रो काम, सम्मान र आम्दानीका हिसावले वैदेशिक रोजगारीमा जानेहरुका लागि सबैभन्दा आकर्षक गन्तव्य हो। कतिपय कृषि क्षेत्रमा जान चाहने कामदार माग कमीका कारण जान पाएनन्। यसवर्ष पनि त्यो समस्या दोहोरिन सक्ने देखिन्छ। यतिबेला विवाह दर्ता गरेर कोरिया पुगेका नेपाली चेली र कतिपय रोजगारीका लागि कोरिया पुगेका युवतीहरुलाई घरेलु हिंसाका सिकार भइरहेको दावी 'महिलाका लागि महिला' संस्थाकी अध्यक्ष जुनु गुरुङले खुलासा गरेकी छिन्। विवाह गरेर कोरिया छिर्न त सजिलो छ, जीवन कष्टकर छ भन्ने उनको भनाइ छ। तैपनि कोरियाको मोहले युवतीहरु किन्न र किनिन होडवाजी गरिरहेका देखिन्छन्। महिला हिंसामा नेपाली दूतावासले छानबिन गर्न र समस्यामा परेका नेपालीलाई अभिभावकत्व दिन चासो देखाएको छैन।