Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन हुँदै

२३ सोमबार , पौष २०८०एक बर्ष अगाडि

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन हुँदै

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने भएको हो ।

आयोगले आज दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते  प्रकाशन गर्ने बताएको छ । त्यसैगरी पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा निर्वाचनको मतदान हुने र मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ । माघ ११ गते १९ रिक्त पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन लागेको हो भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछ ।