सत्ता गठबन्धनको राष्ट्रिय सभा निर्वाचनका लागि भागबन्डा टुंगिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले भागबण्डा टुंगो लगाएको हो ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध ४ दलले पाउने भागबण्डा टुंगो लगाएको छ । भागबण्डाको सहमति भए अनुसार कांग्रेसले १०,माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाएको छ ।
राष्ट्रिय सभाको कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट पाएको छ जसम कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ । एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ भने जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्ने सहमति भएको छ ।
गठबन्धनमा रहेका अन्यदलहरु जनमोर्चा र जनमत पार्टीले समेत सिट दाबी गरेका भएपनि उनीहरुलाई सिट नछुट्याएको तर सहमति भएका दलहरुले उम्मेदवारको क्लस्टरबारे पनि दलहरुबीच करिब करिब सहमति जुटिसकेको नेताहरुले बताएका छन् ।