नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । आजको बैठकमा राष्ट्रिय सभाका उम्मेदवार र विधान संशोधनबारे छलफल हुने बताईएको छ ।
राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लैजाने कांग्रेस र माओवादीको प्रयासलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाउदै आएको र आजको बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ ।