बंगलादेशले जनवरी ७ मा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै सेना परिचालन गरेको छ । जनवरी ७ मा शुरु हुने आम निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशको अधिकांश भागमा सेना परिचालन गरिएको हो ।
बंगलादेशको आम निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न बुधवारबाट ६४ जिल्लामध्ये ६२ जिल्लामा सेना तैनाथ गरिएको छ । सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवरी २० सम्म परिचालन हुने बताईएको छ ।
गत अक्टोबर देखि बंगलादेशी विपक्षी दलहरूले सत्तारुढ बंगलादेश अवामी लीग (एएल) पार्टीको सरकारलाई सत्ता छोड्न दबाब दिदै आएका छन् । उनीहरुले अर्को चुनाव निर्दलीय प्रशासनमा गराउन लगातार नाकाबन्दी र हड्ताल पनि गर्दै आएका छन् ।
यता प्रधानमन्त्री शेख हसिनाले विपक्षीको बारम्बार सत्ता त्यागको आह्वानलाई अस्वीकार गर्दै आगामी राष्ट्रिय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, तटस्थ र जनताको इच्छा झल्काउने गरी गर्ने आफ्नो वाचालाई दोहोर्याएको बतईएको छ ।