Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बालबालिकामा कुपोषणको कुप्रभाव

०६ सोमबार , पौष २०७२१० बर्ष अगाडि

रोशन कार्की :- 
कुपोषणबाट प्रभावित ३० लाख बालबालिका खतराको रेखाभित्र छन्। असाध्यै कुपोषणका कारण ४ लाख ३० हजार बालबालिका मर्ने हालतमा छन्। शीघ्र कुपोषणसम्बन्धि कार्यक्रममा पर्याप्त खाना खान नपाएकाले बालबालिका रोगको छिटो संक्रमणमा परिरहेका छन्। खाद्य असुरक्षा नेपाली बालबालिकाको लागि खतरा बनेको छ। बालबालिका कम आयुमा मर्नु यही कारण हो।
एसियसन इन्टरनेशनल पोषण तथा स्वास्थ्यविभाग प्रमुख सुजय नेपालीले महाभूकम्प र राहत कार्यक्रममा भइरहेको ढिलाईले बालबालिका कुपोषणको सिकार भइरहेका छन्। शीघ्र कुपोषणको प्रकोप नेपालमा बढी छ। विश्वका १२ मध्ये एक बालबालिका शीघ्र कुपोषणको सिकार हुनेगरेको छ। सुजय नेपालीका अनुसार नेपालको पहाडी, हिमाली र तराई भागमा कुपोषण र त्यसपछि कडा खालको कुपोषणको प्रकोप छ। बालबालिका निमोनिया, झाडापखाना, रुघाखोकीले समेत मृत्युको मुखमा पर्ने गरेका छन्। यो भयावह नै छ, नियन्त्रणमा छैन।
कुपोषण अथवा स्वस्थ खाना नपाउनाले बालबालिकाको रोगसँग लड्ने क्षमता साह्रै न्यून हुनेगर्छ। यही कारणले कमजोर हुनु, नबढ्नु, मानसिक बृद्धि विकासमा कमी आउनुजस्ता संकेतहरु देखिन्छन्। स्वस्थभन्दा कुपोषण र बढी कुपोषण भएको बच्चाको मृत्यु ९ गुनासम्म बढी रहने गर्दछन्।
Half of Nepalese children under five years old suffer from stunted growth as a result of a chronic lack of food, the government and the United Nations said in a report released.
“Malnutrition is a real obstacle to the survival, growth and development of children,” said UN Children´s Fund (UNICEF). 12.6 million children living below the poverty line, the study found.
“Every second child aged under five in Nepal is stunted or has a low height for their age — a result of chronic under-nutrition.”
“Children from marginalised groups and poor families are under-nourished, and disparities between rich and poor have widened,” said the report.
    बालबालिकाको संरक्षणका लागि राज्यले विभिन्न कार्यक्रम र नीतिहरु अख्तियार गरेको हुन्छ। नेपालका सन्दर्भमा त्यस्तो प्रभावकारी कार्यक्रम देखिदैन। राज्यका कार्यक्रमहरु अति राजनीतिकरण भइरहेका छन्। जसको दुस्प्रभावमा बालबालिका परिरहेका छन्। स्वास्थ्य, शिक्षा, पिउने पानी, खाद्यजस्ता विषयमा समेत राजनीतिकरण र भ्रष्टाचारकरण व्याप्त रहेको छ। बालबालिकालाई कसरी बचाउन, तिनको मानसिक र शारीरिक विकासमा कसरी सघाउने भनने कुनै दूरगामी सोच नै सरकारमा देखिदैन। देखाउनका लागि राष्ट्रिय पोषणनीति र रणनीति तथा दीर्घकालीन पोषण योजना, बहुक्षेत्रीय पोषण योजनालगायतका कार्यक्रम घोषणा गरिएको छ। २०१७ सम्ममा नेपाली बालबालिकाको कुपोषणको दर ५ प्रतिशतमा झार्ने भनिएको छ। तर, यी सबै देखावटी राजनीतिक लक्ष्यमात्र हो। यथार्थमा अस्थिरता, अराजकता, राजनीतिक भागबण्डाका कारण बढेको भ्रष्टाचार र कूशासनले गर्दा बालबालिका मृत्युको तारो बनिरहेका छन्। बालबालिकालाई कुपोषणको खतराबाट जोगाउन राजनीतिक क्षेत्र प्रतिवद्ध देखिदैन।
भूकम्पको विपद, नाकावन्दीको हाहाकार र प्राकृतिक ठण्डीले बालबालिका समस्याग्रस्त र कुपोषणको सिकार भइरहेका छन्। राज्य संयन्त्र जुन प्रकारले सक्रिय हुनुपर्ने हो, बालबालिकाले राज्यको राहत के हो थाहा पाएकै देखिदैनन्।