Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती

१७ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती

मन्त्रिपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा खाजा खर्च कटौती गरिएको जानकारी दिइएको हो ।

मन्त्रिपरिषद् बैठकमा खाजा खर्च कटौती गरिएको जानकारी प्रधानमन्त्री स्वयंले गराएका थिए । सुधारको घोषणा आफैँबाट सुरू गर्नुपर्छ भन्ने ध्येयका साथ मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको बताईएको छ ।  

प्रत्येक मन्त्रिपरिषद् बैठकमा खाजाबापत करिब ६० हजार रुपियाँ खर्च हुने गरेकोमा वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद्का बैठकमा हुने करिब ६० लाख रुपियाँ खर्च कम हुने भएको छ । नयाँ व्यवस्था अनुसार बैठकमा सामान्य खाजा चिया बिस्कुट खुवाउन सुरु गरिएको छ ।

राज्यका सम्पूर्ण निकायमा फजुल खर्च कटौती गर्ने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबदेखि मन्त्रिपरिषद् बैठकको समयमा महँगो खाजा नखुवाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।