Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देउवाको अडान गठबन्धनमै

१७ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

देउवाको अडान गठबन्धनमै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले प्रचण्ड सरकारको आलोचना गरेर नथाकेका पार्टीभित्रैका बरिष्ठ नेता तथा महामन्त्रीद्वय शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माको फुरूक फुरूकलाई चिसो पानी खन्याइदिएका छन् । सभापति देउवाको पक्षमा बहुमत रहेको केन्द्रीय समितिमा निकै आलोचनाको स्वर सुनियो, अन्तमा सभापति देउवाको इसारामा पार्टीले निर्णय सुनायो– नेपाली कांग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड्रष्ट पारेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने र भिन्न विचार राख्न पाइने तर पार्टीको निर्णय सबैले मान्नुपर्ने स्पष्ट पारेका छन् । प्रचार विभाग प्रमुखले भनेका छन्– लोकतन्त्रमा सरकारको कुर्सीको तीनवटा मात्रै खुट्टा हुन्छन् । बहुमतमा होस् वा गठबन्धनमा । हिजो ओली नेतृत्वको सरकार झण्डै दुई तिहाइको बहुमतमा थियो । अहिले गठबन्धनमा त्यस्तै छ । लोकतन्त्रमा स्थिर सरकार हुँदैन । निरंकुशतामा मात्रै हुन्छ । हाम्रो महामन्त्रीले मात्रै होइन आम जनताले पनि सरकार ढाल्दिन सक्छु भन्नसक्छन् । प्रचण्ड गठबन्धनबाट बनेको प्रधानमन्त्री भएकाले गठबन्धन नभत्किएसम्म र सहमति पूरा नभएसम्म उहाँ नै प्रधानमन्त्री हो । पार्टीका महामन्त्री गगन थापाले मात्रै नभएर आम जनताले पनि लोकतन्त्रमा सरकार ढाल्छु भन्ने पाइन्छ, यो व्यक्तिगत स्वतन्त्रताको विषय हो ।
यत्ति भएपछि कांग्रेसभित्रको धार स्पष्ट हुनपुगेको छ । जतिसुकै भ्रष्टाचार, हत्या अथवा अन्य गम्भीर घटनाहरू घटुन्, नेपाली कांग्रेस प्रचण्ड सरकारका सामु पहाड भएर उभिदिएपछि यो सरकार ढाल्ने हैसियत कसको ? भलै संसदमा ३२ सिटे, अल्पमतको सरकार होस्, यो सरकारसँग बहुमत छ, बहुमत भएपछि सरकार ढल्ने वा ढाल्ने सवाल कोरा नारा मात्र हो । यद्यपि प्रतिपक्षी एमालेले कांग्रेसलाई एकलौटी सरकार चलाउनसमेत मेसेज पठाएको हो, दूतहरूले बताएअनुसार एमालेको अध्यक्ष केपी ओली रहेसम्म यस्तो प्रस्ताव लिएर नआउनु भनेर देउवाले हपारेको बताइन्छ ।
यसको अर्थ सुरूका दुई वर्ष माओवादीले, त्यसपछिको एक वर्ष नेकपा स का माधवकुमार नेपालले र त्यसपछिको २ वर्ष २०८४ को आमनिर्वाचन सरकार देउवाले चलाउने सुरूको सहमति छ । यही सहमतिमा सभापति देउवा अटल छन् र उनी अझै एकवर्ष प्रचण्डलाई सत्ता सञ्चालन गर्न दिएर आफ्नो नेतृत्वमा सरकार चलाउने प्रतिक्षा गरिरहेका देखिन्छन् । प्रजातन्त्रवादी कांग्रेस र सर्वहारावादी माओवादीवीचको यो गठबन्धन संसारमै आश्चर्यलाग्दो छ । तथापि माओवादी र कांग्रेस आपसी विश्वास र भरोसामा दृढ रहेको देखिनु गजबकै लोकतन्त्र चलिरहेको छ ।
राजनीतिमा सिद्धान्त, नीति, निष्ठा र नैतिकता हुन्छ । सबै नष्टभ्रष्ट भए । प्रजातन्त्रवादी कांग्रेसले कम्युनिष्टलाई भोट हाले, सर्वहारावादी कम्युनिष्टले कांग्रेसलाई मतदान गरे । अर्थात् नेपालको लोकतन्त्रमा सिद्धान्तको राजनीति भइरहेको छैन । गठबन्धन सरकारले धेरै प्रकारका जनघात, देशघात, विश्वासघातका प्रकरणहरू चलाइरहेका छन् । बहुमतको आडमा विधिको शासनलाई कुल्चेर राजनीतिको अपराधिकरण र अपराधिकरणको राजनीतिकरण गरिरहेका परिघटनाहरू प्रशस्तै छन् । बहुमतको आडमा सबै जघन्य अपराधहरू ढाकछोप गर्ने कार्य भइरहेको छ । प्रमुख प्रतिपक्ष वा अन्य प्रतिपक्षीहरू गठबन्धनको बहुमत तोड्न सफल भइरहेका छैनन् । राप्रपा, रास्वपालगायत पार्टीले सडक आन्दोलनको घोषणा गरेका छन्, परिआए सांसदपद त्याग्ने बताएका छन् । कुनै पनि प्रतिपक्षीको आवाजलाई सत्ताधारीले महत्व नदिंदा राजनीति तरल बन्न पुगेको छ ।