Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

शेखर, गगन, विश्वप्रकाश हेरेको हेरै

१७ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

शेखर, गगन, विश्वप्रकाश हेरेको  हेरै

    काठमाडौं । यस्तो भ्रष्ट सरकार अब चल्न सक्दैन भन्ने शेखर कोइराला, अब नयाँ तरिकाले सोचौं, गगनलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरौं भन्ने विश्वप्रकाश शर्मा र खुमलटारबाट बालुवाटार हामीले ल्याएका हौं, प्रचण्डलाई खुमलटारनै पठाइदिन सक्छौं भन्ने गगन थापाहरू पार्टी केन्द्रीय समितिको बैठकपछि जिल्लाराम अवस्थामा पुगेका छन् । सभापति देउवाले आफ्नो शक्ति प्रदर्शन गर्दै प्रचण्ड सरकारलाई नै समर्थन दिइरहने निर्णय गराइदिएपछि पार्टीभित्रका देउवाको कार्यशैली, सत्ताको जेमन्त मन नपाउने र सुशासनका लागि वकालत गर्ने कांग्रेसी नेताहरू फेरि एकपल्ट चाउरिन पुगेका छन् । सभापति देउवा प्रचण्ड सत्ताको मनोमालिन्यलाई समर्थन दिइरहने निर्णय गराउन सफल भए पनि कांग्रेसभित्र आगो सल्किएर डढेलो लाग्न बेर छैन ।
   यही प्रकारले सभापतिको निरंकूशता चलिरह्यो भने महामन्त्रीद्वयले संयुक्त राजीनामा दिने कुरो पनि चुहाइसकेका छन् भने बरिष्ठ नेता शेखर कोइरालाले अप्रिय निर्णय लिन सकिने संकेत गरेका छन् । के यस्तो निर्णय भनेको ०५६ सालमा झैं कांग्रेस टुक्रिने अवस्था नै हो ? यसबारेमा कांग्रेसीहरू स्पष्ट छैनन्, देउवा भनेको कांग्रेस, कांग्रेस भनेको देउवा भन्ने अवस्था निश्चय नै सिर्जना भएको देखिन्छ । नेपालको प्रजातान्त्रिकताको बिडो उठाएको कांग्रेसभित्रको यस्तो कृयाकलापले  प्रजातन्त्रवादीहरूलाई भने निकै ठूलो चिन्ता थपेको देखिन्छ ।
   विश्लेषकहरू त भन्न थालेका छन्, यसरी कांग्रेस एक भएर रहनसक्दैन । सभापति देउवाले पार्टीभित्रको वातावरणमा एकताभाव सिर्जना नगरे जे पनि हुनसक्ने देखिदैछ ।