Advertisement Banner
Advertisement Banner

१० मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपाल किन हिन्दु अधिराज्य हुनुपर्छ ?

१७ मंगलबार , पौष २०८०२ बर्ष अगाडि

नेपाल किन हिन्दु अधिराज्य हुनुपर्छ ?

दीर्घराज प्रसाई - - - - 
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका थुप्रै स–साना हिन्दु राज्यहरू–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललीतपुर, मकवानपुर, बाइसे, चौबिसे, पाल्पा, कास्की लगायत ५४ भन्दा बढी हिन्दु राज्यहरूलाई एकीकृत गरेर बनेको उसबेलादेखिको नेपाल हिन्दु अधिराज्य हो । हिन्दु अधिराज्य नेपालको सार्वभौमसत्ता, एकता र पहिचानसँग जोडिएको स्रोत हो । अनादिकालदेखि नै श्रृषिमुनीहरूको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण,अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरू कैलास–मानसरोवरदेखि गगासम्मकै भूभागमा सिर्जिएका हुन् ।
यस क्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरूको महान देन छ । सप्त ऋषिहरू ब्राम्हण र क्षेत्रीहरू भएता पनि किरातीहरूका ऋषि आकुुनीको नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरूको नामबाट विभिन्न जातिहरूको गोत्र चलेकोछ । किरातीहरूको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन उनको गोत्र पनि चलेन । हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनीहरू– कस्यप, भारद्वाज, विश्वामित्र, कौसिक, बशिष्ठ, अत्रि, गौदम, जमदग्नि, सप्तऋषि, परशुराम, उपमन्य, मौतगल्य, शाण्डिल्य, मरिची, अंंगिरा, गार्गी, यज्ञवल्क्य, मैत्रेयी, ब्यास पुलह, भृगु, माण्डव, जस्ता यस्ता सैयौं ऋषिहरूको तपोभूमि, कर्मभूमि हो– यो हिमवतखण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरू यही क्षेत्रकै उपज हुन् । बाल्मिकि ऋषिले चितौनको बाल्मिकि आश्रममा बसेर रामायण लेखेका थिए । जनक राजाले मिथिला क्षेत्रमा हजारौंबर्ष अगाडि सभ्यताको विकास गरे । मैत्रेयी र यज्ञवल्क्य जस्ता महान ऋषिहरूले वेदका ऋचा लेखेका थिए । २३ सय बर्ष अगाडि अशोकले यसक्षेत्रका सभ्य र सुसंकृत क्षेत्रीबंशका देवपालसँग आफ्नी छोरीे चारूमतीलाई बिवाह गराएका थिए । वशिष्ट ऋषि रामका गुरू थिए । उनको वासस्थान देवघाट– वशिष्ट गुफामा थियो । अहिले पनि हामीहरू वशिष्ट गुफा देख्न सक्छौं । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको विषयलाई लिएर– भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि भनेको कुरालाई हृदयंगम गर्दा यो क्षेत्रको महानता बुझ्न सकिन्छ ।
त्यसैले अव नेपालको स्थायित्व, एकता र प्रतिष्ठाको लागि नेपालको सार्वभौमसत्ताको मेरूदण्डको रूपमा स्थापित संवैधानिक राजसंस्था र नेपालको तराई, पहाड, हिमाललाई एकताको सूत्रमा आवद्ध गर्न सक्ने विश्वको एक मात्र हिन्दु अधिराज्यलाई यथावत कायम राखेर अखण्ड नेपालको प्रतिष्ठा बचाउन सबै राजनीतिक दलहरू तथा हामी नेपालीहरू एक हनसक्नु पर्छ ।