आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य उम्मेदवारमा बरिष्ठ कलाकार नीर शाहको नाम सिफारिस भएको छ । फिल्म निर्देशक तथा अभिनेता शाहको नाम नेपाली काँग्रेस बागमती प्रदेश समितिको तर्फबाट सिफारिस भएको हो ।
नेपाली काँग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्य उम्मेदवारको लागि मंगलबारसम्म ९० जनाले नाम टिपाएकोमा नामावली टिपाउने अन्तिम दिन बुधबार शाहले नाम टिपाएका थिए । काँग्रेस बागमती प्रदेश समितिबाट शाहसहित ९१ जनाको नाम सिफारिस भएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अन्तिम दिन बुधबारसम्म ९१ जनाले नाम टिपाएका थिए । राष्ट्रिय सभा उम्मेदवारी दर्ताको मिति पुस २३ गते तोकिएको छ ।