Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देशका प्रमुख सहरहरूमा सन्देश सभा गर्ने मोर्चाको निर्णय

११ बुधबार , पौष २०८०एक बर्ष अगाडि

देशका प्रमुख सहरहरूमा सन्देश सभा गर्ने मोर्चाको निर्णय

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले देशका प्रमुख सहरहरूमा सन्देश सभा गर्ने निर्णय गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।  

समाजवादी मोर्चाले देशका प्रमुख सहरहरूमा सन्देश सभा गर्ने बताउदै  ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटीहरू गठन गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख सहरहरूमा सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको बताईएको छ ।

आजको बैठकमा मोर्चाले अहिलेसम्म गरिरहेका कार्यक्रमहरूको विषयमा समीक्षा गर्दै वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल गरेको थियो । राजनीतिक आन्दोलनको उपलब्धिकारुपमा रहेका सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका विरुद्धमा अहिले चारैतिरबाट आक्रमण भइरहेको र त्यसलाई तोड्न मोर्चाकातर्फबाट देशका प्रमुख सहरहरूमा सन्देश दिने गरी कार्यक्रमहरू गर्ने निर्णय भएको बताईएको छ ।

संविधान र व्यवस्थाकोविरुद्धमा कतिपय शक्तिहरू लागेको भएपनि त्यसलाई सरकारले निष्तेज पार्दै लगेको र सरकारले गरिरहेका राम्रा काम र प्रयासहरूका विषयमा जनतालाई सन्देश दिन सन्देश सभा गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लव लगायत शीर्ष नेताहरू सहभागी थिए । मोर्चाको अर्को बैठक आज साँझ ६ बजे बस्ने जनाईएको छ ।