Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेविसंघको भूकम्प पिडितलाई ७ लाख ११ हजार सहयोग

११ बुधबार , पौष २०८०एक बर्ष अगाडि

नेविसंघको भूकम्प पिडितलाई ७ लाख ११ हजार सहयोग

गत कातिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका पिडितहरुलाई नेपाल विद्यार्थी संघले ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेविसंघको ७११ सदस्यीय केन्द्रीय सदस्यबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरिएको ७ लाख ११ हजार रुपैयाँ भूकम्प पिडितलाई सहयोग गरेको हो ।    

नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघका नेताहरूले जाजरकोट भूकम्प पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेको बताईएको छ । 

नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ । उक्त समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको थियो ।

नेविसंघले प्रधानमन्त्री दाहालसँगको भेटमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ । मंगलबारको सम्वोधनमा प्रधानमन्त्री दाहालले त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका थिए ।

नेविसंघले यसअघि भूकम्पप्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गर्दै विद्यालयहरूको पुनर्निर्माणका लागि अभियान सञ्चालन गरिरहेको छ । उक्त्त भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो भने २६ हजारभन्दा बढी घरहरूमा पूर्ण रूपमा क्षति पुगेको छन् ।