प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बाेधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले साँझा ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
आज दिउँसो तीन बजे सम्बोधन गर्ने समय तालिकालाई हेरफेर गर्दै सम्बोधनलाई साँझ पाँच बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्बोधन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हुने बताईएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बताईएको छ ।
गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्षपछीको सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षको अवधिमा सरकारले गरेका राम्रा काम र आगामी कदमबारे जानकारी गराउने पनि प्रेस सल्लाहकार आचार्यले जानकारी दिएका छन् ।