काठमाडौं । प्रत्येक अर्थशास्त्री, विज्ञहरू भन्छन् नेपालको अर्थतन्त्र ओह्रालो यात्रामा छ, कुनै पनि बेला राष्ट्रिय अर्थतन्त्रको मेरूदण्ड भाँचिन सक्छ । सुधार गर्न सकिन्छ, सुधारका लागि गम्भीर भएर सोचेर नीति लागू गर्नुपर्नेछ ।
तर दुई जना सत्ताधारी– प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महत भन्छन्–‘अर्थतन्त्रका अधिकांश सूचक राम्रो रहेकोे, अर्थतन्त्र संकटमा नरहेको’ भ्रम फैलाइरहेका छन् । कस्तो बिडम्बना ?