सुरेश कुमार पाण्डें– - - - -
संसारभरिका श्रमजिविहरूले यो महिंनामा जोसेफ स्टालिन, माओको जन्मदिन हर्षोउल्लाससँग मनाएका छन् । ने कम्युनिष्ट पार्टी मसालले यो कार्यक्रमलाई पुरै एकवर्षको लागि ऐतिहासिक तीन अभियानको कार्यक्रम सञ्चालन गर्दै आएको छ । पार्टीले कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थामा क्रान्तिकारी रूपान्तरण गर्ने’ बताएको छ । तीनौटा ऐतिहासिक दिन – प्रथम लेनिनको शताब्दी स्मृति दिवस, द्वितीय पार्टीको हीरक जयन्ती र तृतीय नेकपा मसालको नौंवौं महाधिवेशन् ।
यसरी महान दार्शनिकहरूको सम्झनामा गरिने जुनसुकै कार्यक्रमले पनि ऐतिहाशिक महत्व राख्ने गर्छन् तर कम्युनिष्टको छत्रछायाँमा पलेका महान अवसरवादीहरू द्वारा नै कम्युनिष्टलाई खतरा छ । त्यसैले कसैलेपनि देखावÞटी र औपचारिकताका लागि गरिने कार्यक्रमहरूले कम्युनिष्ट आन्दोलनलाई बढी घाटा नै हुनेछ । कामरेड लेनिन्ले भनेका छन् ‘कामरेड थोरै भएपनि असल बनौं’ कम्युनिष्टको लोंगौं र झण्डालाई मागेर खाने भाडो नबनाउँ । रूसी दार्शनिकको मृत्युको आधा शताब्दीपछि पनि विश्वका श्रमजीवीले जन्मदिन मनाउनु र सम्झना गरिरहनुको कारण के हो त ? कम्युनिष्ट भनाउन भन्दा कम्युनिष्ट बन्न धेरै अपठ्यारो छ ।
रूसमा १९१७ मा भएको महान अक्तुबर क्रान्तिमा मात्र उनको योगदान थिएन । त्यसपछि समाजवादी ब्यवस्थालाई सुदृढ बनाउनमा उन्ले जो योगदान दिएका थिए । त्यो असामन्य र अतूल्य पनि थियो । विस्का प्रतिकृयावादीहरूले लगातार गरेको आक्रमणबाट नडगेर, नझुकेर बोल्सेविक स्प्रिटलाई मूलप्रवहमा डोराउन उनि सफल भएका थिए । सम्झौताहिन शङ्घर्षको मिसाल बनेका लौहपुरूष थिए ।
श्रमजिविहरूको पहिलो हक हितको रक्षाको लागि कामरेड कार्ल माकर्स र फ्रेड्रिख एगेल्ुद्वारा सन् १८४८मा तैयार पारिएको वर्ग संघर्ष । जसलाई सफलतापूर्वक रूसमा महान अक्टुवर क्रान्ति द्वारा समाजवादी ब्यवस्था स्थापित गरियो ।
संसारमा कम्युनिजमको बद्नाम मात्र होइन् कम्युनिजम भनेको असफल व्यबस्था भनेर प्रतिकृयावादीहरूले फैलाएको भ्रामिक प्रचारलाई रूसको समाजवादी क्रन्तिले झुट साबित गरेको थियो । समाजबादी ब्यवस्थाको कामरेड स्टालिनले रक्षागर्न सफल भएका हुन् । उनि विश्वभरिका श्रमिक बर्गको प्ररेणाका श्रोत बनेका छन् ।
आज उनै कामरेड जोसेफ स्टालिनको जन्मदिन हो । डिसेम्बर २१ सन १८७९मा तिफलिस प्रान्तको गोरी नगरमा उनको जन्म भएको थियो । १८९४मा तिफलिसस्थित कट्टरपन्थी अध्यात्मवादी पाठशालामा भर्ना भए । त्यो बेला पुँजिवादको विकास, मजदुर आन्दोलनको वृद्धी र मार्क्सवादको व्यापक प्रचार प्रसार भएको थियो । १८९६÷९७ मा स्टालिनले पाठशालामा मार्क्सवादी अध्ययनमण्डलको नेतृत्व गरे । १८९८ अगस्तमा उनि बिधिवतरूपले रसियाली जनवादी मजदुर पार्टीको तिफलिस संगठनको सदस्य बने । उन्ले नरोदबादको कानुनी मार्क्सवाद र अर्थवादको विन् “मलाई १८९८मा सर्वप्रथम रेल मार्ग ज्यासलहरूमा काम गर्ने मजदुरहरूको एउटा अध्यायन मण्डलको जिम्मा दिइयो । यहीँ नै ति कामरेडहरूको बिचमा मैले पहिलो क्रान्तिकारी शिक्षा पाएँ । मेरा पहिला गुरू तिफलिसका मजदुरहरू हुन् ।’
२१ मार्च १९०१ पुलिसले स्टालिनले काम गर्ने वेधशालामा खान तलासि गरेपछि उनी भुमिगत भए । १९०३मा ककेसियाली सामाजिक जनवादी संगठनले आफ्नो पहिलो महाधीवेसन गरे । कामरेड स्टालिन जेलभित्र भएपनि त्यो समितिमा चुनिएकाथिए । त्यही वर्षको सरदमा साइवेरियाको इर्कुत्सस्क प्रान्तको बालगेन्समा ‘नोवयाउदा भन्ने ठाउँमा’ उनलाई तिन बर्षको लागि निर्वासित गरियो । यहिबाट स्टालिनको लेनिनसँग पत्र व्यबहार द्वारा चिनजान भयो । ५ जनवरी १९०४ मा उनि निर्वासनबाट भागे । स्टालिन र जापरिदाजेको नेतृत्वमा डिसेम्बर १९०४मा मजदुरहरूको एउटा भेला विशाल हड्ताल भयो । सम्झौतामा गएर टुङ्गियो । यो सम्झौता रूसको मजदुर आन्दोलनको इतिहासमा पहिलो सामाजिक सम्भको सङ्केत थियो । १९०५मा स्टालिन ट्रान्सककेशियाली बोल्शेविकहरूको प्रतिनिधिको हैसियतले अखिल रसियाली बोल्शेविक सम्मेलनमा भागलिन पुगे । यहाँ नै लेनिनसँग उन्को पहिलो भेट भएको भनिन्छ । क.स्टालिनले ट्रान्सककेशियामा सर्वहारबिरोधी धाराका बिरूद्धमा शंघर्ष गरे ।
का.स्टालिनले का.लेनिनले जस्तै मार्क्सवादका सैद्धान्तिक आधारहरूलाई शुरक्षित गर्ने पाइला चाले । ‘अराजकतावाद वा समाजवाद’ शीर्षक अन्तर्गतका आफ्ना लेखमा उन्ले मार्क्सवादी पार्टीका सैध्दान्तिक विचार, द्वन्दात्मक र ऐतिहासिक भौतिकवादको समर्थन र विकास गरे । । क. स्टालिन १९०२ बाट १९१२ को बिच करिब ७ पटक गिरफ्तार र करिब ६पटक निर्वासित भएका छन् । जारका अधिकारिहरूले स्टालिनलाई भयानक क्रान्तिकारी हुन भन्ने चालपाएका थिए । जुन १९०६ मा स्टालिनले क्रान्तिकारी कार्य वाकुमा सुरूगरे । उन्ले पार्टीको निर्देशनमा बाकुमा बसेर श्रमिकहरूलाई क्रन्तिकारी आन्दोलनमा लामबद्ध पारे । स्टालिनले बाकुको अनुभवलाई यसरी बयान गरेकाछन्– “तिन वर्ष तेल उद्योगका मजदुरहरूका बिचमा कामगरेको क्रान्तिकारी कार्यले मलाई एउटा ब्यवहारिक यौद्धा र ब्यवहारिक स्थानिय नेताको रूपमा स्पात झैं दरो बनायो ।’ १९१०मा उन्ले पार्टीको केन्द्रलाई पठाएको पत्रमा लेनिनको कार्यनीतिको समर्थन गर्नुको साथै ट्राटस्कीको घोर सिद्धान्तहिन्ताको आलोचना गरेका छन् । फर्वरी २३–१९१३मा शेन्ट पिटर्सवर्ग बोल्शेभिक समितिद्वारा कालश्निकोव हलमा आयोजित शन्ध्याको भेलामा स्टालिनलाई फेरी पनि गिरफ्तार गरियो । एसपटक जार सरकारले स्टालिनलाई तुरूखान्स प्रदेशमा ४वर्षका लागि निर्वसित गर्यो ।तर १९०४को सुरूमै उनि भाग्छन भन्ने डरले अझै टाडा आर्केटिक क्षेत्रको छेउँमा रहेको कुरिया बस्तिमा सारियो । उनि १९१६ सम्म त्यहाँ रहे । डिसेम्वर१९१६मा सेनामा बोलाइएको हुनाले उन्लाई दलबलका साथ क्रास्नोयार्क र एचीनसकामा पठाइयो । यहाँ हुँदा उन्ले फरवरी १९१७को क्रान्तिको पहिलो खबर सुने । मार्च १९१७ को सुरूमा एचीनसका छाडे र बाटोमा स्विटजरल्याण्डमा लेनिनलाई अभिनन्दन् संदेश पठाए । २४अप्रिल सन १९१७ मा बोल्शेविक पार्टीको सातौँ सम्मेलन भयो । त्यो सम्मेलनमा लेनिनका प्रस्ताबको बारेमा व्यापक छलफल भयो । सम्मेलनले पुँजीवादी जनवादी क्रान्तिबाट समाजवादी क्रान्तिमा सङ्क्रमणका लागि सङ्घर्ष गर्ने निर्णय गर्यो । अक्टुवर क्रान्तिको विजय र पुँजीवादी केरेन्स्कीको पतन पछि १९१८मा पहिलो शोभियत संविधानको मस्यौदा तैयार गर्नेजस्ता अहं काममा खटिए । १९१८मा युरोप र अमेरिका समाजवादी पार्टीहरूको क्रान्तिकारी प्रतिनिधिहरूको सम्मेलनको जिम्मा दिइयो । सोभियत रूसको क्रान्तिको चीनमा पनि प्रभाव पर्यो । का.स्टालिन भन्दा करिब१४वर्षले कान्छ माओत्सेतुङ्गको चीनको हुँनान प्रान्तको शाओशान भन्ने ठाउँमा एउटा किसान परिवारमा २६ डिसम्वरको १८९३मा जन्मिएका थिए । त्यो बेला चीनमा सामन्तवादी ब्यवस्था थियो भने रूसमा जारसाहिको बिरूद्धमा आन्दोलन चर्किंदै थियो । का.माओ सन १९२१मा चीनिया कम्युटनिष्ट पार्टीका एकजना संस्थापक मध्यका हुन् । करिब ७४वर्षको आयुमा ५मार्च १९५३मा मृत्यु भए पनि स्टालिनलाई जनताले मर्न दिएका छैनन् । सन१९५६मा ख्रुचेवले प्रतिक्रान्ती ब्यवस्था सुरूगर्यो ।
के बुझिन्छ भने एउटा तरवार क्रान्तिकारीको हातमा छभने त्यसले बहुसंख्याकको हितका लागि लड्छ त्यही तलवार अवसरवादीको हातमा पुग्यो भने उस्ले प्रतिकृयावादीहरू रक्षाका लागि बहुसंख्यक र नैतिकताको हत्या गर्नपछि पर्दैन् ।
यस्तो उज्यालो इतिहास हुन्छ जनवादीको । नेपालमा जनवादी छन्, सर्वहारावादी पनि छन् तर तिनको उज्यालो इतिहास र वर्तमान दुबै छैन, किन होला ?