प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड,कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल संसदमा विचाराधीन टिआरसी विधेयकको विषयमा केन्द्रित रहेको बताइएको छ । समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न प्रमुख पार्टीका शीर्ष नेताहरुको भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागीता रहेको थियो ।