सुरेश कुमार पाण्डें– - -
अहिले युक्रेन र रूसको लडाइमा परेर नेपालीहरूको हत्या भएको र कैयौं घायल भएको खबरहरू आइरहेकाछन् ।हाम्रो देशको नेतृत्व कर्ता सरकारले त्यसबारे केही ठोस पाइलो चाल्ने कोसिसमा छ कि छैन ? भाषणमा जतिसुकै जनपक्षीय बोले पनि जनताको हितमा गर्ने कसैले पनि केही होइन ।
सरकारलाई आफ्नो कुर्चिको खेलबाट फुर्सत नै छैन् । देशको नागरिक कति कुन–कुन देशमा गएका छन् । त्यो देशभित्र गएकाले के कस्ता काम पाएका छन् वा कुनै देशमा पुगेका नागरिक काम नपाएर काम खोज्दाखोज्दै भोकै मरेका त छैनन् । त्यसबारे सरकारलाई थाहा छैन । उसले आफ्नो जिम्मेदारी ठान्दैन ।
खुला सिमाना भएकोले दिनमा सैकडौं साना ठुला नागरिक आउंने जाने क्रम जारी नै छ । कति मरे, कति घायल छन्, कतिले गुहार लगाएका छन्, सरकार कुनै वास्ता गर्दैन । एकजनाले आफु लडाइमा गएपनि अरूलाई नजान अनुरोध गर्दै त्यहाँ भर्तिमा रोक लगाएको संदेश पठाएका थिए । भोकका कारण युवा गएकै छन् ।
भारत र चीनको लडाइमा नेपाली नै हताहत हुँन्छन् । पाकिस्तान र भारतको लडाइमा नेपाली नै मारिन्छन् । बिगतमा लद्दाखको लडाइमा थुप्रै नेपाली युवाहरू मारिएका थिए । अहिले रूस र युक्रेन दुबैतिरबाट नेपाली लडष्ेका मरेका छन् ।
करिब २०० जनाजति युवा नेपालीहरू त्यहाँ रहेको अनुमान गरिन्छ । कतिपय नेपालबाट भन्दा भारतबाट रूसमा पुगेर त्यहाँ सेनामा भर्ति भएका पनि छन् । सन १८१६ मा गोर्खा भर्ति केन्द्र खोलेपछि नेपालीहरू कहिले अंग्रेजको लागि, कहिले भारतको लागि र बिभिन्न देशको शान्ति सेनाको लागि भन्दै लडिरहेका छन् ।
रूस र यूक्रेनको अहिलेको अबस्था एक्कासी आएको होइन ।
वास्तबमा युक्रेनको इतिहास यस्तो छ– युक्रेन यूरोपियन मुलुक नै हो । पूर्वमा रूस,उत्तरमा बेलारूस, पोलैंड, स्लोवाकिया, पश्चिममा हंगरी,दक्षिण पश्चिममा रोमानिया एंवÞ मिल्डोवा र दक्षिणमा काला सागर र अजोव सागर सँग जोडिएको छ । ९औं शताब्दी त्यो वेला प्रारम्भ हुन्छ जब यो कीवियन रूसको नामले एउटा ठूलो र शक्तिशाली राज्य बनेर उभिएको थियो । परन्तु १२औं शताब्दीमा यो महान उत्तरी लडाई पछि क्षेत्रिय शक्तिमा बिभाजित भयो । १९ औं शताब्दीमा यसको ठुलो हिस्सा रूसी साम्राज्यको र बाँकीको भाग आस्ट्रो–हंगरियनको नियनतरणमा पुग्यो । बीचको केहि वर्षको उथलपुथल पछि सन १९२२ मा शोवियतसंघको संस्थापक मध्यको एउटा देश योपनि बन्यो ।सन् १९४५मा युक्रेनियाई एस एस आर संयुक्त राष्ट्रियसंघको बिघटनपछि यूक्रेन पुनः स्वतन्त्र देश बन्यो ।
अहिलेको एउटा यो जटिल अबस्था ससाना मूलुकहरूलाई ठुला र शक्तिशाली मूलुकहरूले खेलाइ ÷ खेलाई त्यो देशको अस्तित्व नै खतम पार्ने यी साम्राज्यवादीहरूको अघोषित योजना बन्दै आएको छ । यसले ढिलो चांडो विश्वयुद्धलाई निम्ताउँने छ । त्यो एउटा पक्ष हो तर यो लेखको मुख्य उदेश्य केहो भने हामी नेपालीहरू मानो र छानोको लागि सधै अरूको निमित्त अकालमै ज्यान गुमाउनुपरेको दुखान्तःपरिदृश्यको बारेमा छलफल गर्नु नै हो । आखिर कहिले सम्म हाम्रो युवाशक्ती अर्काको लागि बलीको बोको बनिरहने ? अर्कालाई ज्यान दिइरहनु पर्ने ?
के नेपालीहरू आर्काको देशको लागि लडेर मर्ने परम्पराको अन्त्य होला ? यही अहिलेको जन चासोको बिषय पनि हो । हाम्रो देशको लागि आखिर को लड्ने ?
चुनावको बेला युवाहरूलाई राजनीतिक पार्टिहरूले आ आफ्नो पार्टिको लागि भोट खसाल्न बिदेशबाट बोलाउँछन् । भोट खसालिसकेपछि उनिहरू चुसेको चिउरीका खोष्टा जस्तै हुन्छन् । अर्को आउँने निर्वाचन सम्म उनिहरूलाई कसैले खोज्दैन् । उनिहरू चाहे रूसको लागि मरून् चाहे यूक्रेनका लागि मरून् । कसैलाइ कुनै सरोकार नै छैन् । हाम्रो देश र यो देशका जनताहरूको अबस्था हेर्दा दुश्मनलाई पनि दया लाग्दोहोला । भयभाव अबस्था छ देशमा । नेपाली भएर जन्मलिएका हामी नेपाली नै भएर आफ्नै देशभित्र मर्न पाउने अबस्था कहिले सिर्जना होला ? के सरकार यसबारेमा गम्भिर छ ? गम्भीर छ भन्ने कतै देखिदैन त ?
खान र आ आफ्ना बालबच्चाको पेट पाल्न भाडाको सैनिक बनेर कहिले भारतको लागि पाकिस्तान सँग, कहिले भारतको लागि चीन सँग, कहिले गोराको लागि कालासँग त कहिले शान्ति सेना बनेर संसारका देशहरूमा लड्ने विर नेपालीहरूको आज आफ्नै देशमा उनै हैकमवादी, साम्राज्यवादी शक्तीले नजर गाडेका छन् । जस्का निमित्त हाम्रो सन्तानले ज्यान गुमायो । गुमाइरहेका छन् ।
आफ्नो देश छिमेकी बाटै करिब २२ जिल्लाहरूमा सिमाना अतिकर्मणले घायल छ । कहिले लुम्बिनी र कपिलबस्तु आफ्नो नक्सामा राक्छ,कहिले सिता जन्मेको भारतमै देखाउन खोज्छ । अहिले पशुपती नाथको बिशाल मन्दिर भारतमा बनाउने भनेर अखबारहरूले प्रचार गरिरहेका छन् । बढनीको स्टेसनको नाम उनिहरूले शिद्धार्थ नगर स्टेसन राखेका छन् । कसैलाई सिमावारी आएर धम्काउँछन्, तुहिन काटेर मार्दिन्छन् । त्यसतर्फ हाम्रा पक्ष बिपक्ष कसैको ध्यान छैन ।
भोली नेपाल दोस्रो यूक्रेन नहोला भन्न सकिदैन । सरकारले एमसीसी कार्यन्वयन गराउँदै छ, बिदेशीहरूलाई नागरिकता भटाभट बांड्न अनुमति दिएकै छ । अहिले सम्म देशभित्र कुनै कालखण्डमा नभएको बिदेशीको दलाली र भ्रष्ट्राचारमय भएको छ । नेपाल मूलका नागरिकहरू आफ्नै देशभित्र समेत असुरक्षित छन् ।
यसको मूल कारण राजनीतिको अपराधिकरण र अपराधीको राजनीतिकरण भएर हो । विधिको शासन भनेर जे भइरहेको छ, त्यो गलत भइरहेको छ ।