Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाली हु भन्नेले महेन्द्रलाई बिर्सनै सक्दैन

०४ बुधबार , पौष २०८०एक बर्ष अगाडि

नेपाली हु भन्नेले महेन्द्रलाई बिर्सनै सक्दैन

दीर्घराज प्रसाई– - -
२०१७ साल पौष १ गतेको परिवर्तन नेपाली कांग्रेस विरूद्ध नभएर नेपालको राष्ट्रियताको सुदृढीकरणको कदम थियो । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू सत्ता कब्जा गरेर नेपालको राजनीतिलाई अन्योलग्रस्त बनाएर लुट मच्चाउने खोज्नु हो । २०४६ सालपछि नेपालमा वहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका राष्ट्रघाती भ्रष्ट व्यवहार र २०६३ साल पछिको खतरनाक अवस्था हेर्दा सम्पूर्ण देशवासीहरूले ६१ बर्ष अगाडि राजा महेन्द्रको कदमको संझना गरिरहेका छन् । अहिले २०१७ सालभन्दा राष्ट्रको बिकराल अवस्था छ । नेपाली जनता निरास छन् । नेपाली जनताको विचारमा विभाजित गराइएको छ । जनता टुक्रिएका छन् । नेपालमा कांग्रेसका स्व.गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल, माओवादीका प्रचण्ड, बाबुराम भट्टराई जस्ता राष्ट्रघातीहरूको कारण नेपालको अवस्था संकटग्रस्त छ ।
राजा महेद्रले भनेका थिए– पार्टी भित्रका राष्ट्रघाती नेताहरूका कारणले जनतामात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ । नेपालमा अहिले त्यही भइरहेको छ । आजभोलि सबैले राजा महेन्द्रको संझना गर्न थालेका छन् ।
भारतीय गुप्तचरहरूको ढलमा फसेको माओवादी सत्तामा आएदेखि नेपालको सार्वभौमसत्तामाथि कालो बादल मडारिएको छ । माओवादीका प्रचण्डले मुखले जत्तिसुकै राष्ट्रियताको हुंकार गरेता पनि ती सबै सत्ताको भोकको गुहार बाहेक केही होइन । राजा महेन्द्रले भनेका थिए– पार्टी भित्रका राष्ट्रघाती नेताहरूका कारणले जनतामात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ । नेपालमा अहिले त्यही भइरहेको छ । आजभोलि सबैले राजा महेन्द्रको संझना गर्न लागेका छन् । महान देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यू ज्यान अपर्ण गर्ने राजा महेन्द्र एक स्मरणीय योद्धा हुन् । राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो सबैको सामु अझै ताजा छन् ।
स्मरणरहोस्– २०१७ साल अगाडि विदेशीहरू नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेद्रबाट कुनै पनि बिदेशीलाई नेपालको भूमी खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट हिंड्नुपर्ने बाध्यता थियो । राजा महेन्द्रबाट २०१८ सालमा पूर्वपश्चिम राजमार्गको गैलाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट मुक्त गराउने काम भयो । नेपाली भाषालाई अधिराज्यभर राष्ट्रभाषामा निरन्तरता दिलाइयो । २०१७ साल अगाडि, नेपाली भुमीमा ९० प्रतिशत भारतीय मुद्रा चलनचल्तीमा थियो, त्यसलाई हटाई नेपाली मुद्रलाई अनिवार्य प्रचलनमा निरन्तरता दिएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बिनासर्त राजा महेन्द्रबाट धपाउने काम भयो । हिन्दू अधिराज्यलाई ससम्मान संविधानमा उल्लेख गरेर भारत र विश्वभरका हिन्दुहरूमा सकारात्मक संदेश दिइयो, २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुत, जातिभेद र लिङ्गभेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बिना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरूको अधिकार सुरक्षित राखेर असंख्यौं जग्गाविहीनहरूको उद्गार गरे । राजा महद्रले कदम नचालेका भए नेपालको अस्तित्व पहिल्यै समाप्त हुन्थ्यो ।
भारत रिसाउँछ भन्ने डरले कांग्रेसी नेताहरू राष्ट्रिय एकताका कुरा पनि उठाउन चाहँदैन थिए । सन् १९५० को सन्धि र दिल्ली संझौता हावी थियो । कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्ता सम्पन्न राष्ट्रको संरक्षण अर्काका देशको फौजबाट हुँदैन, आफ्नै देशका फौज चाहिन्छ । एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरूको कुनै अधिकार हुँदैन । भारतमा त्यहाँका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र काश्मिरमा जग्गा किनबेच गर्न पाउँदैनन् भने नेपाल जस्तो सार्वभौंम राष्ट्रमा भारतीयहरूको यस्तो हेपाहा प्रवृत्ति कहिलेसम्म ?
नेपालका एउटा महान देशभक्त राजा महेन्द्रको असामयिक रूपमा २०२८ साल माघ १७ गते ५२ वर्षको उमेरमैं देहान्त हुन गयो । मुलुक रोयो । विश्वभरबाट समवेदना आए । पत्रपत्रिकामा छापिए । राजा महेन्द्रको स्वर्गारोहण भएको बेला भारतीय समाचार पत्र टाइम्स अफ इण्डियाले सन् १९७२ फरवरी १ मा– पिपुल्स किङ्ग अफ नेपाल लेखेको थियो । भारतीय सामाचारपत्र नवभारत टाइम्सले लेखेको थियो– सन् १९६० मा संविधान भंग गरेको निर्णयलाई आलोचना त गरियो तर पछिका घटनाहरू र पञ्चायती व्यवस्था लागू गरिएपछि यो कुरा स्पष्ट भयो कि राजा महेन्दको निर्णय र प्रयोग उचित थियो । इण्डियन एक्सप्रेसले भनेको थियो— ‘राजा महेन्द्रलाई नेपाल र संसारका अन्य भागमा पनि त्यस्तो व्यक्तित्वको रूपमा संस्मरण गरिनेछ कि जसले आफ्नो सामथ्र्य र शक्ति अनुसार आफ्नो देशको सेवा गर्ने संकल्प गरेको थियो ।’ तर अहिले नेपाल खतरनाक मोडमा छ ।
२०४६ सालपछि र २०६३ सालपछि जघन्य अपराध गर्नेहरू अहिले कारवाहीमा नपरेता पनि गद्दारहरूलाई समयले छोड्ने छैन । त्यसैभित्र सूर्यबहादुर थापा, पशुपति सम्शेर जस्ता अरू भ्रष्ट पञ्चहरू पनि पर्दछन् । सूर्यबहादुर थापा र गिरिजा मरेर गए पनि उनीहरूले आफ्नो शासन सत्ताममा बसेर ब्रम्हलुट मच्चाए, देशको अरबौं राजश्व खाए । २०६३ सालपछि गिरिजा र एमालेको काँधमा चढेर माओवादी सत्तामा आएर ब्रहलुट मच्चाए । गणतन्त्र, धर्र्मिनरपेक्षता, जातीय–संघीय राज्यको एजेण्डा ल्याएर नेपाललाई टुक्राटुक्रा पारेर बिदेशीका पोल्टामा हाल्न तम्तयार भए ।
विश्वका अरूहरू राष्ट्र जस्तो नेपाल होइन । राजासँग संझौता भएर २०६३ साल वैशाख ११ गते आन्दोलन रोकिएको थियो । राजाकै कारणले आन्दोलन सफल मानियो । तर बिस्तारै एकपछि अर्को गर्दै संझौता र सहमति तोड्दै गणतन्त्र, धर्र्मिनरपेक्षता, जातीय आधारमा संघीय राज्यको अवधारण सारियो । जातीय र धार्मिक विवाद अघि ल्याइयो । यो ठूलो धोका हो ? देशलाई धोका दिएर कांग्रेस, एमाले र माओवादीहरू नैं राष्ट्रघातका अगुवा बने । कांग्रेस, एमाले, माओवादीका भ्रष्ट अनुहारहरू झन गनाउन थाले ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण गर्ने काम भयो भने नेपाल अधिराज्यलाई एकसूत्रमा आवद्ध गर्ने काम राजा महेन्द्रबाट भएको हो । नेपालको एकीकरणमा महान योगदान पु¥याएका पृथ्वीनारायण शाह र छोटो समयमा नैं नेपालको चौतर्फी विकास गरेर नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने राजा महेन्द्रका योगदानप्रति समर्पित भएर हरेक बर्ष पौष २७ गते नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवसको दिन श्रद्धाञ्जली अर्पण गरौं । त्यस्तै पौष १ गते राजा महेन्द्रलाई संझेर आत्मगौरव गरौं ।
महेन्द्रले देखाएको बाटो भनेको गाडी चल्ने होइन, सुदूरभविष्य हेरेर महान् लक्ष्यमा पुग्ने मार्ग थियो। त्यसबेला विश्व अमेरिका (पुँजीवादी) र सोभियत संघ (साम्यवादी) शिविरमा विभाजित थियो । तटस्थ बस्न चाहने राष्ट्रहरूले असंलग्न परराष्ट्र नीति बनाए । राजा महेन्द्र सो नीतिका संरक्षक, सम्वद्र्धक र सम्पोषकमध्ये एक थिए। वाङडुङ (इन्डोनेसिया) देखि बेलग्रेड (युगोस्लाभिया)सम्मका ठाउँमा भएका असंलग्न राष्ट्रका शिखर सम्मेलनमा महेन्द्रले दिएका ओजस्वी भाषणहरू वासिङ्टन र मस्कोसम्म चर्चाका विषय बनेका छन्। विश्वले नै महेन्द्रलाई उच्चस्तरको राजनेताका रूपमा सम्मान गर्न थाले। अर्थात्, महेन्द्रले महारानी एलिजाबेथ (द्वितीय) देखि अमेरिकी राष्ट्रपतिहरू लिन्डन बी. जोन्सन तथा डी. आइजनहावरसम्म राजनेताका समेत मित्र बने। यस्तै चीनका अध्यक्ष माओ पनि महेन्द्रका घनिष्ठ मित्र थिए।
भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको तराई क्षेत्र भारतमा मिसाउने योजना बनाइरहेको सूचना पाएपछि राजा महेन्द्रका कैयन् रात सुस्केरामा बितेको उनीसँग काम गरेका पुराना व्यक्तिहरू बताउँछन् ।...मेची–महाकाली यात्रा गरेर महेन्द्रले जिल्ला–जिल्लाका हजारौं जनतालाई भेटे । जनताका दुःखकष्ट देखेर उनको कवि हृदय रोयो । उनले लेखे– ‘कोही धनी असाध्य, कोही गरिब माग्ने, सक्तीनँ देख्न भन्छिन्, सन्तान थरिथरिका ।’ (–युवराज गौतम)