Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भारतीय राष्ट्रिय कंग्रेसका ३३ सांसद निलम्बित

०३ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

भारतीय राष्ट्रिय कंग्रेसका ३३ सांसद निलम्बित

भारतीय लोकसभाले राष्ट्रिय कंग्रेस पार्टीका ३३ जना सांसदलाई निलम्बन गरेको छ । सोमबार लोकसभाले कंग्रेस, तृणमूल कंग्रेस, डीएमकेलगायतका विपक्षी सांसदलाई संसद्‍मा नाराबाजी र प्लेकार्ड बोकेको आरोप लगाउदै कंग्रेस नेता अधीर रञ्जन चौधरी सहित ३३ जना सांसदलाई निलम्बन गरेको हो ।

सांसदलाई निलम्बन गरेपछि भारतीय राष्ट्रिय कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएको छ । 

लोकसभाका ३३ सदस्यलाई निलम्बन गरेपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका हुन् । उनले पहिला घुसपैठीले संसद्‍मा आक्रमण गरेको र अहिले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताए ।

यसअघि भारतीय लोकसभाका १३ र राज्यसभाका १ सदस्यलाई शीतकालीन सत्रको बाँकी समयका लागि निलम्बित गरेको थियो । कंग्रेस अध्यक्ष खड्गेले तानाशाही मोदी सरकारले सांसदहरूलाई निलम्बन गरेर सबै लोकतान्त्रिक मूल्य मान्यतालाई डस्टबिनमा फ्याँकिदिएको आरोप लगाएका छन् ।

कंग्रेसले मोदी सरकारले विपक्षीविहीन संसद् चलाउन चाहेको आरोप लगाएको छ भने  निलम्बन गरिएको विपक्षी दलहरूले संसद्‍मा भएको आक्रमणका विषयमा गृहमन्त्री अमित शाहको जवाफ मागेका छन् ।