Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

दुर्जकुमारका दिन आए

०६ सोमबार , पौष २०७२१० बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल :-
एआइजी जीवनकुमार थापा कि दुर्जकुमार राई? भन्ने प्रश्नमा प्रधानमन्त्री केपी ओलीले दुर्जकुमार राईको चयन गरे। प्रमको ठाडो आदेश ३ गतेको निर्णयले  दुर्जकुमार राईलाई सशस्त्र प्रहरी बलको कामु आइजीपीमा बढुवा गरियो। गृहमन्त्री छन् एमाओवादी नेता शक्ति बस्नेत। प्रचण्डको आदेशमा शक्ति बस्नेतले सिनियर जीवनकुमार थापालाई निमित्त दिनुपर्ला भनेर प्रधानमन्त्रीलाई आग्रह गर्दा प्रधानमन्त्रीले दुर्जकुमार राईलाई बनाउने भनेपछि शक्ति बस्नेत मरीच चाउरीझें चाउरिएर दुर्जकुमारका नाममा टिप्पणी सदर गरेका थिए। पहिले माओवादीले ठाकुरमोहनलाई लत्याएर कोषराज वन्त जो प्राविधिक हुन्, उनलाई आइजीपी बनायो। वन्तलाई आइजीपी बनाउनुमा नारायणकाजीको नातेदार हुनुको लाभ कोषराजलाई भएको हो। काजीको सिफारिसमा प्रचण्डले हुन्छ भनेर कोषराज आइजीपी त भए तर उनको प्राविधिक खाने बानीले आखिर डुबायो।
तर यतिबेला सिनियारिटी हेरिन्छ कि भन्ने थियो, एमालेले पनि हेरेन। राईभन्दा थापा १० महिना सिनियर हुन्। थापा असईबाट र राई इन्स्पेक्टरबाट सेवामा छिरेका हुन्। राईमाथि जनआन्दोलन दबाएको आरोप छ। सुनकाण्ड, योग्यताको प्रमाणपत्रमा उमेर सच्याएको, जनआन्दोलनमा ताकेर मान्छे मारेको आरोपले दुर्जकुमार राईलाई भतभती पोलेको हुनुपर्छ। तर उनको कथन छ– सुरक्षा निकायमा चेन अफ कमाण्ड हुन्छ। आदेशअनुसार काम गर्नैपर्छ। आदेश आयो, गोली पनि हानियो। पदीय मर्यादा नाघेको छैन, इमान्दारिता मेरो परिचय हो। हो रहेछ। दुर्जकुमारका पनि दिन आए। कसैले सोचेको थियो– लोकमान सिंह कार्कीजस्ता दरवारिया अख्तियार प्रमुख हुन्छन्। कमल थापासाग प्रचण्ड र केपी ओलीले हात मिलाउाछन् र दुर्जकुमार राई आइजीपी बन्छन्। आयो दिन। राजनीतिमा कुनै कुरा असम्भव नहुनेरहेछ। प्रमाणित भयो एकपटक फेरि।
यद्यपि अझै भन्न सकिन्न, राजनीतिमा अन्तिम निर्णय के हुन्छ? हेर्दै जानुपर्छ, राजनीति पैसानीतिमा बिक्न थालिसकेको छ। पैसाले सभासद किन्न पाइने देशमा सशस्त्र बलको कन्फर्म आइजीपी दुर्जकुमार नै हुन्छन् कि फेरिन्छन्?