Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

वैदेशिक रोजागारीको ३८ खर्ब रेमिट्यान्स हरायो

०२ सोमबार , पौष २०८०एक बर्ष अगाडि

वैदेशिक रोजागारीको ३८ खर्ब रेमिट्यान्स हरायो

वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बताएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघले उक्त कुरा बताएको हो ।

महासंघले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७% र २०७९/०८० मा ३००% भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको तर, वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने जति रेमिट्यान्स नआएको बताईएको छ ।

महासंघले आर्थिक वर्ष २०७७/०७८ मा ४२.२४% र आर्थिक वर्ष २०७८/०७९ मा ४६.३२% दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६% दक्ष श्रमिक विदेश गएको बताएको छ ।आर्थिक वर्ष २०७७/०७८ को तुलनामा (१ लाख ६६ हजार ६ सय ९८ जना बिदेसिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आर्थिक वर्ष २०७९/०८० मा वृद्धि भएको बिदेसिनेको संख्या (अहिले ७ लाख ७१ हजार ३ सय २७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रूपमा भित्रिनुपर्ने दाबी गरेको छ ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक संख्या १५% ले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने महासंघका महासचिव लक्ष्मण शर्माले बताएका छन् ।

शर्माले अहिले १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताउदै यसबारे अध्ययन गर्न आवश्यक रहेको र वैदेशिक रोजगारमा गएर श्रमिकहरूले कमाएको नेपालमा आउनुपर्ने रकम किन नआएको भन्ने  प्रश्न गरेका थिए ।