राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैंकवेटमा बस्दैछ । तीन दिनसम चल्ने उक्त केन्द्रीय कार्यसमितिको बैठक आज बिहान देखि बस्न लागेको हो ।
आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय कार्यसमितिको बैठक पुस ३ गतेसम्म चल्ने छ । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्ने तथा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
केन्द्रीय कार्यसमिति बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने छ । त्यस्तै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा निकट भविष्यमा पार्टीले सञ्चालन गर्ने आन्दोलनसम्बन्धी प्रस्तावमाथि छलफल गरिने बताईएको छ ।