आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शुक्रबारसम्म दल दर्ता गरेका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको हो ।
आयोगमा दल दर्ताको लागि १२ दलले निवेदन दिएको बताईएको छ । आयोगमा दर्ता भएका दललाई आज चुनाव चिह्न प्रदान गरिने आयोगले बताएको छ । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ भने उक्त पदका लागि माघ ११ गते निर्वाचन हुनेछ ।