संघीय संसद सचिवालयको कार्यवाहक महासचिवमा सचिव पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । संघीय संसद् सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारीमा सचिव पाण्डे नियुक्त भएका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे परामर्शमा पाण्डेलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन् । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ काे नियम २ काे खण्ड (ढ) तथा राष्ट्रियसभा नियमावली २०७९ काे खण्ड (ड) बमाेजिम पाण्डेलाई संसदकाे कार्यवाहक महासचिव नियुक्त गरिएको हाे ।
सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक महासचिवमा पाण्डे नियुक्त गरेका हुन् ।