Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नियमअनुसार औषधि पसल सञ्चालन गर्न महानगरको निर्देशन

२० बुधबार , मंसिर २०८०३ बर्ष अगाडि

नियमअनुसार औषधि पसल सञ्चालन गर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । स्थानीयबाट औषधि पसलमा भएको लापरबाहीको जनगुनासो आएपछि महानगरले मङ्सिर २९ गतेभित्र नियमअनुसार औषधि पसल संचालन गर्न निर्देशन दिएको हो ।

महानगरपालिका भित्र संचालित औषधि पसल कानुनअनुसार सञ्चालन नभएको,औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्री गरिएको,चिकित्सकको प्रेस्किप्सन बिना औषधि बेचिएको, अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्रीवितरण गरिएको जस्ता जनगुनासो आएपछि महानगारले नियमअनुसार औषधि पसल संचालन सचेत गराएको हो ।

स्थानीयबाट जनगुनासो आउन थालेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधवार सामाजिक सञ्जालमार्फत नियमअनुसार दर्ता गर्न तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका छन् ।

सामाजिक संजाल मार्फत मेयर बालेन्द्र शाहले औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गरेका छन् ।

मेयर शाहले महानगरले नागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको भए पनि जनस्वास्थ्यका क्षेत्रमा लापरवाही भेटिएको बताएका छन् ।