Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

२० बुधबार , मंसिर २०८०एक बर्ष अगाडि

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि मंसिर २१ गते देखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा उक्त राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको हो ।

देशको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उदेश्यका साथ व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुन लागेको हो । व्यापार मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्य रहेको बताईएको छ ।

मंसिर २१ गतेदेखि आगामी पुष १ गत्ते १० दिनसम्म  संचालन हुने मेलाको सबै तयारी पूरा भएको आयोजकले बताएको छ । मेलाले पोखरालगायत देशक औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने अपेक्षा गरेको आयोजक वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिको भनाइ रहेको छ ।

‘लगानीको संवर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मुला नाराका साथ आयोजित ब्यापार मेलामा २ सय ५० प्रदर्शनीकक्ष रहने छ । मेलामा महिला उद्यमशीलता विकासका लागि हस्तकलाका सामग्री बनाउने तालिमका साथै आफै रोजगारीका अवसर सृजना गर्न चाहने महिलाका लागि आवश्यक ‘मेसिनरी’प्रदर्शनीको व्यवस्था मिलाइएको छ ।

यसअघि पोखरा उद्योग वाणिज्य सङ्घले पहिलोपटक २०४२ सालमा औद्योगिक व्यापार मेलाको आयोजना गरेको थियो ।