Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एनसेल खरिदबिक्री बारे गहन अध्ययन र छानबिन हुने

२० बुधबार , मंसिर २०८०३ बर्ष अगाडि

एनसेल खरिदबिक्री बारे गहन अध्ययन र छानबिन हुने

एनसेल खरिदबिक्रीका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले गहन अध्ययन गरेर छानबिन गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले उक्त निस्कर्ष निकालेको हो ।

नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अुनकुल खरिदबिक्री नभएको भन्दै एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको बैठकले ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानून बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर कानूनी व्यवस्था अनुसार खरिदबिक्री नभएकाले शेयर खरिदबिक्रीको कुरा शंकास्पद देखिएकाले तत्काल छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको बताए ।

एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रीपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको पनि सचेतक लेखकले बताएका छन् ।