Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

२० बुधबार , मंसिर २०८०एक बर्ष अगाडि

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

ललितपुर जिल्लामा रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । अस्पतालले मेटास्टेटिक अवस्था अर्थात (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क वितरण गर्ने भएको हो ।

अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क उपलब्ध गराउने अङ्कोलोजिष्ट डा.अरुण शाहीले जानकारी दिएकिछन् । डा.शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुने बताईएको छ । अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो र यसले युएसएफडए मान्यता प्राप्त गरेको छ ।

म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निःशुल्क उपलब्ध हुने गरेको भएतापनि पछिल्लो पटक आएको स्तन क्यान्सरको उक्त औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको बताउदै डा.शाहीले उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च १ लाखभन्दा बढी हुने बताईन् ।