Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

२८ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

पहाडको एम्बुलेन्स डोको इन्धन अभावले सवारी साधन चल्दैन। मान्छे विरामी पर्छ, बााच्नका लागि अस्पताल जानैपर्‍यो। सवारी साधन नपाएपछि के गर्नु– डोकोमा बोकेर भए पनि आफन्तलाई उपचार गराउन त लानैपर्‍यो। लगेर के गर्नु? अस्पतालमा डाक्टर छैनन्, औषधि पनि छैन। जीवनदायिनी औषधिसमेत भारतको नाकावन्दीको चपेटामा परेको छ। लोकतान्त्रिक सरकार भन्नेले कुनै विकल्प दिन सकेन। राष्ट्र संकटमा छ, जनता संकटमा छन्, संकट हाहाकारभन्दा केही छैन। भ्रष्टाचारीका लागि कालोबजारमा सबै सहज छ, गरिखाने बर्गका लागि न सरकार छ, न सेवा। त्यसै पनि पहाड विकट छ, विपतमा छ। त्यसमाथि मधेस आन्दोलन र नाकावन्दीले सबैभन्दा बढी मार पहाडमाथि बजि्रएको छ।