Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इजरायल–हमास युद्धमा गाजामा झन्डै १६ हजारको मृत्यु

१९ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

इजरायल–हमास युद्धमा गाजामा झन्डै १६ हजारको मृत्यु

गत अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धमा परी गाजामा झन्डै १६ हजार जनाको मृत्यु भएको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्ध पछि गाजामा झन्डै १६ हजराको ज्यान गएको हो ।

मन्त्रालयले अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८ सय ९९ जनाको मृत्यु भएको बताएको छ । मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गर्दै उक्त संख्यामा मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार तथ्यांक सार्वजनिक गरेदेखि पछी थप ३ सय ४९ जनाको मृत्यु भएको जनाईएको छ ।

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२०० इजरायलीको मृत्यु भएको थियो भने करिब २४० जनालाई बन्धक बनाएको थियो । दुई पक्षको सहमतिमा भएको ७ दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको छ ।

हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गरे लगतै इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ । इजरायल–हमास युद्धमा मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेको हमासले जनाएको छ ।