Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कालोसूचीलाई लिएर प्राधिकरण र निगमबीच आरोप–प्रत्यारोप

१९ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

कालोसूचीलाई लिएर प्राधिकरण र निगमबीच आरोप–प्रत्यारोप

नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्रमा लगाईएको कालोसूचीको विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबीच आरोप–प्रत्यारोप चलेको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमले सुरक्षा मापदण्ड पालनामा कमजोरी गरेको आरोप लगाउदा निगमले नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने सुधारको काम नगरेका कारण कालोसुचिबाट युरोपियन युनियन नहटाएको आरोप लगाएको हो ।

युरोपियन युनियनले १४ मंसिरमा उडान सुरक्षा चासोको सूची (कालोसूची) सार्वजनिक गर्दा ११औं पटक नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र पुनः कालोसूचीमा परेको थियो । उक्त विषयलाई लिएर प्राधिकरण र निगमबीच आरोप–प्रत्यारोप चलेको छ ।

निगमका अधिकारीहरूले नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने सुधारको काम नगरेका कारण कालोसूचीमा परेको जिकिर गर्दै निगम व्यवस्थापनले कालोसूचीमा रहिरहनुको कारण तथ्यपूर्ण ढंगले सार्वजनिक गर्न प्राधिकरणका अधिकारीहरूलाई चुनौती दिएका छन् ।

निगमका अधिकारीहरूको प्रतिक्रियामा प्राधिकरणले १५ मंसिरमा वायुसेवा निगमले एकलौटी रूपमा गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ अब प्रतिस्पर्धा मार्फत छनोट हुने कम्पनीलाई दिने निर्णय समेत गरेको छ । 
ग्राउण्ड ह्यान्डलिङ सेवाको व्यवस्थापन विमानस्थल सेवाशुल्क नियमावली–२०७८ अनुसार सरकारको ५० प्रतिशतभन्दा बढी 

स्वामित्व रहेको कम्पनीलाई वार्तामार्फत सोझै ग्राउण्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न दिन सकिने व्यवस्था भए बमोजिम निगमले ग्राउण्ड ह्यान्डलिङको काम पाएको थियो ।