Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशको बिभिन्न भूभागमा वर्षा संगै हिमपात शुरु

१९ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

देशको बिभिन्न भूभागमा वर्षा संगै हिमपात शुरु

मुगु, हुम्लालगायत हिमाली जिल्लामा आइतबार रातिदेखि वर्षा संगै हिमपात भएको छ । हिमपात भएसँगै त्यहाँको मौसम चिसो हुँदा जनजीवन प्रभावति हुनुका साथै विमानस्थल, बिद्यालय, यातायात बन्द भएका छन् भने सरकारी कार्यालयका सेवाहरूलाई समेत समस्या भएको छ ।

मुगुमा हिमपात हुँदा त्यहाँको एक मात्र ताल्चा विमानस्थल बन्द भएको छ । हवाई उडान र यातायात बन्द हुँदा नेपालगञ्ज र काठमाडौं जाने यात्रुहरू अलपत्र परेको बताईएको छ । हिमपात हुदा जौ, गहुँ लगायतका हिउँदे बालीको उत्पादन बढ्ने र अन्य बालीमा लाग्ने विभिन्न रोगहरू कम हुने हुँदा त्यहाँका किसान भने खुसि देखिएका छन् । हिउँ परेपछि मुगुको पर्यटकीय केन्द्र रारा ताल सेताम्मे भएको छ ।  

त्यस्तै सोमबार बिहानैदेखि हुम्लामा पनि हिमपात भएको छ । गत वर्ष माघबाट हिमपात भएपनि यो वर्षा मंसिरमा पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी बिनो कुमार पोखरेलले बताएका छन् । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ ।

उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको बताईएको छ । गोरखाको चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात परेको हो ।

अहिले पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचौङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।