Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

के भन्छ– एमाले ?

१९ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

के भन्छ– एमाले ?

धर्मरत्न श्रेष्ठ - - - 
चीनका लागि राजदूत भएका र एमालेले परराष्ट्र मन्त्रीसमेत बनाएका महेन्द्रबहादुर पाण्डेले भनेका थिए– कालापानीक्षेत्र राजा महेन्द्रले दुई बोरा सुनसँग साटेका हुन्, भारतलाई बेचेर खाइसकेका हुन् ।
त्यही एमालेले चुच्चे नक्सा निकाल्यो, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भनेर दावी ग¥यो । एमाले सरकारका पालामा संसदबाट एकमतले कालापानी क्षेत्र नेपालकै हो भनेर प्रमाणित पनि गरियो । तैपनि केही स्वनाामधन्य महेन्द्रबहादुर पाण्डेजस्ता व्यक्तिहरू आज पनि कालापानी राजाले बेचेको भन्ने भ्रम छर्छन् ।
भन्नेले हावादारी कुरा गरिरहने रहेछन् । गरिरहेका छन् । तथ्य भन्छ– राजा महेन्द्रले १९६१ मै कालापानीक्षेत्र नेपालको हो भनेर सत्य स्थापित गरिसकेका रहेछन् । चीनसँग राम्रो सम्बन्ध भएको भन्ने नेपाली कम्युनिष्टहरू चीनलाई त्यो सत्य उजागर गरिदिन, त्रीदेशीय नक्सा सार्वजनिक गरिदिन भन्न सक्दैनन् ।
भारतले नेपाललाई बेवास्ता गरेर नेपाली भूमि कालापानी क्षेत्रबाट चीनसँग व्यापार गर्न सन २०१५ मे १५ मै बेइजिङ सम्झौता गरेको हो । त्यो सम्झौताप्रति नेपालले कूटनीतिक नोट पठाएपछि चीन मौन रहेको थियो, मौन नै छ । चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्दै आएको भन्छ । चीनले बोल्ने यही बेला हो, नेपालको सार्वभौमिकता र नक्साबारे स्पष्ट पार्ने बेला पनि यही हो । अझै चीन भारतको व्यापार कमी होला भनेर बोल्दैन र मुखले मात्र नेपालको सार्वभौमिकताको सम्मान गर्छ भने यो नेपालप्रति चीनको अन्याय हो भन्न सकिन्छ ।
नेपाल भारतसँग युद्ध गर्न सक्दैन । भारतविरूद्ध अन्तर्राष्ट्रिय अदालत पनि जान सक्दैन । नेपालको सीमा मिचियो भनेर राष्ट्रसंघमा उजुरी पनि गर्न सक्दैन । राष्ट्रसंघका महासचिव नेपाल आउँदा नेपालको चुच्चे नक्सा उपहारमा दिन पनि सकेन । नेपालको यस्तो फितलो कूटनीतिका कारण भारतले नेपाललाई हेप्ने र चेप्ने निरन्तरता अझ बढाएको छ । ७१ ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा नै भारतमा मिसाइसक्यो । नेपाल नक्सा च्यापेर बसेको छ, भारतले नेपालमाथि हैकम चलाइसक्यो ।
यो स्थितिमा नेपालको भरपर्दो मित्र चीनले नेपाली नक्साबारे स्पष्ट पारिदिनुपर्छ र नेपालको कमजोरीप्रति साहस बढाइदिन सहयोग गर्नुपर्छ । चीन व्यापारकै लागि नेपालमाथिको अतिक्रमण सहेर र बुझेर नदेखेझैं गर्छ भने त्यो विश्वशक्ति बन्न अग्रसर चीनको हार हो, छिमेकीप्रतिको असफल नीति पनि हो ।