Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देश मानवीय संकटमा परिसक्यो

२८ सोमबार , मंसिर २०७२९ बर्ष अगाडि

भारतीय नाकावन्दीले आपूर्ति अवरोध जारी रहे नेपालमा गम्भीर मानवीय संकट आउने भन्दै विश्व खाद्य कार्यक्रमले चिन्ता प्रकट गरेको छ। युनिसेफले ३० लाख बालबालिका अहिले नै संकटमा परिसकेको बताइसक्यो। तर, नेपाल सरकार, राजनीतिक दलहरुले अझै मधेस आन्दोलन, नाकावन्दी र जनताको असहज जीवनयापनलाई सहज बनाउनेतिर पटक्कै ध्यान दिइरहेका छैनन्। कहिल्यै सहमति हुन नसक्ने वार्ता, संवाद, बैठक गरेर मंसिर पुषको पारिलो घाम तापिरहेका छन्।यतिबेला विश्वविज्ञहरु नेपालबारे अध्ययन गरिरहेका छन्। सीमा नाकाको अवरोधले आपूर्तिमा कमी आइरहेको छ, खाद्यबस्तुको मूल्यवृद्धि भएको छ, बेरोजगारी बढेको छ, भूकम्पपीडितहरुको जीवनयापन कष्टमया बनेको छ भन्दै यस्तो दुरावस्थाको तत्काल अन्त्य नगर्ने हो भने नेपालमा मानवीय महामारी फैलिने बताउँछन्। चिसोले र कुपोषणले बालबच्चा संकटमा छन्, उपचार नपाएर बृद्धहरुको अकालमा मृत्यु भइरहेको छ, महिलाहरु आफ्ना परिवारलाई जसोतसो खाना खुवाउने प्रयास गरिरहेका देखिन्छन्। अर्थात समस्याको सामना गर्न सरकार सक्षम भएन। यसैवीच प्रधानमन्त्री केपी ओलीले मंसिर २७ गते आफ्ना सपना चकनाचूर भएको भन्दै आफूले केही गर्न नसकेको आत्मस्वीकार गरेका छन्। आफू पदका लागिमात्र प्रधानमन्त्री नभएको भनेर उनले राजीनामा दिने संकेत गरेका छन्।