Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

देश र जनताप्रति मजाक आन्दोलन

शाश्वत शर्मा

१९ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

देश र जनताप्रति मजाक आन्दोलन

मंसिर ७ गतेदेखि दुर्गा प्रसाईको नेतृत्वको आन्दोलन जारी छ । राजधानीमा जुन आन्दोलन भयो, राज्य दमन देखियो, झडपहरू भए, यसबाट जनता कतिसम्म आजित भइसकेका रहेछन् भन्न सकिन्छ । दुर्गा प्रसाईको आन्दोलन जारी छ, जुन हिसावले जनताको भीड जम्मा हुनेछ, राजधानी घेरिनेछ भन्ने अनुमान थियो, आन्दोलनको फितलोपनले आन्दोलन मजाकजस्तो बन्न पुग्यो । यद्यपि आन्दोलनमा जनताले चासो लिन र कमै भए पनि जनताको सहभागितामा आन्दोलन भइरहेकै छ ।
सत्ताले सुतिरहेका महिलामाथि अत्याचार ग¥यो । प्रशासनले महिनौंसम्मको निषेधाज्ञा लगायो । कहाँ जुलुस प्रदर्शन गर्ने भनेर ठाउँ तोकिदियो । दुर्गा प्रसाईलाई झण्डै नजरबन्दजस्तै राख्यो, उच्च निगरानी गरिरहेकै छ । अर्थात् प्रशासन दुर्गा प्रसाईसँग भन्दा पनि आमजनता सडकमा निस्केर कानुन व्यवस्था काबु बाहिर पु¥याउने हुन् कि भन्ने भयले त्रस्त देखियो । दुर्गा प्रसाईको आन्दोलनले सत्ताको सातो लियो ।
आन्दोलनका लागि आन्दोलन भयो । भयंकर आन्दोलन भएन । काठमाडौं र भक्तपुरमा गरिएको आन्दोलन, वीच वीचमा गरिएको मोटर साइकल ¥याली पनि तमासामात्र बन्यो । वास्तवमा जनविद्रोहको रूपमा हेरिएको आन्दोलन त्यसो हुनसकेन ।
अहलिे प्रश्न उठेको छ– आन्दोलन भइरहेको छ कि सकयो ? ससाना प्रदर्शन भइरहेका छन्, दुर्गा प्रसाईको भाषण पनि चलिरहेको छ । प्रसाईले जनताको अपेक्षा र भावनालाई बोलिरहेका पनि छन् । तर जनता उल्टिएर व्यवस्था पल्टाउनेगरी सहभागी भएनन्, हुनखोजेकालाई सत्ताको दमन र प्रभावमा रोक्ने काम भयो । राजतन्त्र, हिन्दुवादी र संघीयताबिरोधलाई सत्तापक्षले हाँसोको पात्र बनाइरहेको छ । यथार्थ हो, आमनागरिक संघीयताका पक्षमा छैनन्, भ्रष्टाचारी शासनपद्धतिको आलोचना गरिरहेका छन् । जनतामा उदासीनता र नैराश्यकता व्यापक छ । तर त्यो जनआक्रोश जनविद्रोहको रूपमा सहडमा आउन खोजेको हो, रोक्न सत्तापक्ष सफल भयो ।
जसरी पूर्वराजाको अभिनन्दनमा जनताहरू ओइरिएका थिए । भक्तपुरमा नवदुर्गाको दर्शन गर्न जाँदा पनि जनताको ठूलै प्रदर्शन भयो । झापामा त न भूतो, न भविष्यतिका रूपमा जनताले पूर्वराजाको अभिनन्दन गरे । सत्तापक्षले जतिसुकै नियन्त्रण गरे पनि चूप लाग्ने पनि जनविद्रोह हुन्छ र ? कानुनविपरित पक्राउ गर्दा, नियन्त्तण गर्दा पनि चूपचाप छन् । ढुङ्गामूढा गरेर फालिएको राजतन्त्र मागेर आउला र ? जबरजस्ती ल्याएको यो गणतन्त्र, धर्मनिरपेक्षता चाहिदैन भनेर मान्लान् र ? जनविरोधी, देश र जनघातीहरूले खाइपाई आएको शासनसत्ता यत्ति सजिलै छोड्ने कुरै थिएन, छैन । यी लोभीपापीहरूले यत्तिकै आत्मसमर्पण गर्छन् भन्ने सोच्नु नै गलत थियो ।
आन्दोलनकारीहरू केहीले त गर्मीमा ठूलो आन्दोलन गर्छौं पो भन्न थालेछन् । मौसमअनुसारको ट्यूनिक अर्थात मौसमअनुसारको आन्दोलन पनि जनबिद्रोह हुनसक्छ र ? के हो यो तमासा ? दुर्गा प्रसाईको आन्दोलन, राप्रपाको झापा प्रदर्शनले देउवा, प्रचण्ड र ओलीको धेरै कुरा नङ्ग्याइदिए । कहाँ छोड्छु र ? भनेर दुर्गा प्रसाई अझै कस्सिरहेकै छन् । दुर्गा प्रसाईले उठाएका माँगहरू र नाराहरू जनताले खोजेजस्ता पनि छन् तर आमनागरिक यो आन्दोलनमा ज्वारभाटा हुनसकेनन् । पूर्वराजा आफै सडकमा नउत्रने हो भने ६ दर्जनभन्दा बढी समूहमा बाँडिएका र भाँडिएका राजतन्त्र र हिन्दुवादीहरूले भ्रष्टाचारी फलाम बनिसकेकालाई पगाल्न सक्ने देखिएन ।
त्यस्तै भयो, मंसिर १० सम्ममा यी जाली फटाह सकिन्छन् भनेर जुन नारा देशव्यापी घन्काइएको थियो, त्यो झ्यालीपिटाईले अर्थ दिन सकेन ।
निषेधाज्ञा, कफ्र्यू तोडिन्छ, घरघरमा पसेर भ्रष्ट नेताहरूलाई तानेर सडकमा लतारिन्छ भन्ने दुर्गा प्रसाई उपचारका नाममा पलायन भए । हिन्दुवादी र राजतन्त्रवादीले १७ वर्षमा उठ्न नसकेको टाउको उठाउने प्रयास गरेका हुन्, सकेनन् । १२ बुँदे वालाहरूलाई झुकाउन दिल्ली झुक्नुपर्छ, दिल्ली मालिक पल्टेर हाम्रा नेताहरूलाई नचाइरहेछन् । भन्नेहरू त दुर्गा प्रसाईले डाक्टर पढाउने अवसर पाउनेछन्, ऋणमा सहुलियत पनि मिल्नेछ । यिनले आन्दोनलमा ल्याएका मानिसलाई पनि केही गर्लान् ।
प्रश्न के हो भने आन्दोलनको परिणाम के ? अर्को १७ वर्षका लागि जनताका अपेक्षा, आवाजलाई दबाउनु मात्र हो । कतिका भाग्य चम्किए होलान्, भ्रष्टलाई भ्रष्टाचार गर्ने थप अवसर मिल्यो होला । देशको भाग्य र भविष्य के हुने ? देश र जनआवाजको मजाक उडाएर आन्दोलन मत्थर भयो, देश अन्धकारबाट उज्यालोतिर जानसकेन ।