Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

उच्चले धरौटीमा छाड्न आदेश दिएकाहरु सम्पत्ति शुद्धीकरण विभागमा

१८ सोमबार , मंसिर २०८०३ बर्ष अगाडि

उच्चले धरौटीमा छाड्न आदेश दिएकाहरु  सम्पत्ति शुद्धीकरण विभागमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका तीन जनालाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाउन लागिएको छ । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएर धरौटी रकम बुझाए पनि उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाउन लागिएको हो ।

आइतबार नरेन्द्र केसी र शमशेर मियाँ र हरिभक्त महर्जन सहित धरौटी बुझाएका तीन जना र साधारण तारेखमा छाड्न आदेश भएका आषिश बुढाथोकी गरि ४ जनालाई सम्पत्ति शुद्धीकरण विभागमै बुझाउने तयारी रहेको केन्द्रीय कारागार प्रशासनले जानकारी दिएको छ ।

उच्च अदालत पाटनले शुक्रबार धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनले आइतबार धरौटी बुझाए पनि रिहा भएका छैनन् ।

आइतबार नरेन्द्र केसी र शमशेर मियाँले १०/१० लाख रुपैयाँ र हरिभक्त महर्जनले १५ लाख रुपैयाँ बुझाएका थिए । तर, उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले आइतबार रिहा नगरिएको र सोमबार उनीहरु तीनै जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउन लागिएको बताईएको छ ।