Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तीन प्रदेशमा हिमपात र पहाडी भेगको केहि स्थानमा वर्षाको सम्भावना

१८ सोमबार , मंसिर २०८०एक बर्ष अगाडि

तीन प्रदेशमा हिमपात र पहाडी भेगको केहि स्थानमा वर्षाको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका उच्च पहाडी र हिमाली भेगका केहि स्थानमा हिमपातको सम्भावना रहेको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्‍चिमलगायत पहाडी भेगका केहि स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भेगका केहि स्थानमा हिमपातको सम्भावना रहेको बताएको हो ।

नेपालमा हाल भारतकाे उत्तर प्रदेशमा विकसित न्यून चापीय प्रणाली र पश्‍चिमी वायुको आंशिक प्रभाव रहेको कारण दुईवटा प्रदेशमा हल्का वर्षा तथा तीनवटा प्रदेशमा हल्का हिमपात हुने सम्भावना रहेको बताईएको छ ।

दिउँसो वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्‍चिम र कोशी प्रदेशका पहाडी भेगमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।

बेलुकी कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भेगमा सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।