Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मैनाजाङ आधरभुत विद्यालयलाई तामाङ समाज युएईको आर्थीक सहयोग

१७ आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

मैनाजाङ आधरभुत विद्यालयलाई तामाङ समाज युएईको आर्थीक सहयोग

काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ स्थित मैनाजाङ आधरभुत विद्यालयलाई तामाङ समाज युएईले आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएई रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले काठमाडौंमा शैक्षिक विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै विद्यालयलाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

शिक्षाको लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएको उक्त समाजले हरेक वर्ष विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । युएईमा बिभिन्न कार्यक्रमा संचालन गरि संकलन गरिएको उक्त रकम यसपटक समाजले काभ्रे तेमालको मैनाजाङ आधरभुत विद्यालयलाई नगद सहयोग गरेको हो ।

काठमाडौंको बौद्ध स्थित एक होटलमा औपचारिक सास्कृतिक कार्यक्रम गरि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको हातबाट तेमाल गाउँपालिका वडा नं.९ का जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायतका टिमलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

साथै, सोहि कार्यक्रममा तामाङ समुदायका जेहन्दार विद्यार्थीहरु सोनाम तामाङ, परेन्द्र मोक्तान र विजयी घले सहित ३ जनालाई २०/२० हजारको दरले नगद छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै उर्ग्येन फेल्ग्येन लिङ गोन्पालाई ५० हजार, नेपाल सरकारका पुर्व सचिव धन बहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई २०/२० हजार नगद सहित सम्मान गरिएको थियो भने समाजले साँस्कृतिक प्रस्तुति दिन युएई पुगेका कलाकारहरुलाई सम्मानपत्र प्रदान गरेको छ ।

कार्यक्रममा तामाङ समाज युएईका अध्यक्ष जितेन्द्र गोले, नेकपा एमालेका नेतृ नविना लामा, ताम्सालिङ संघर्ष समिति संयुक्तका डा. गणेश योञ्जन, तामाङ समाज युएईका संस्थापक सदस्य तथा पुर्व अध्यक्षहरु राम मोक्तान, महेश मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

समाजले प्रत्येक वर्ष ४ वटा कार्यक्रमहरु आयोजना गर्ने र त्यसबाट संकलित रकम तामाङ विद्यार्थीको बाहुल्य भएको विद्यालयहरुलाई आर्थिक सहयोग गर्ने तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भिम दोङले जानकारी दिएका छन् । साथै, अध्यक्ष दोङले तामाङ कलाकार संघले गर्ने सेलो साँझ कार्यक्रमको लागि समाजको तर्फबाट १ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।