Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिमालय एयरलाइन्सको काठमाडौं-सांघाई उडान सुरु

१७ आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

हिमालय एयरलाइन्सको काठमाडौं-सांघाई उडान सुरु

हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई उडान सुरु गरेको छ । शनिवारदेखि काठमाडौंबाट चीनको आर्थिक हब सांघाईसम्म हिमालय एयरलाइन्सले उडान शुरु गरेको हो ।

पहिलो उडानमा एच ९७८० उडानले १ सय ४१ यात्रु लिएर बिहान सांघाई उडेको थियो भने साँझ एच ९७८१ उडानले ९५ यात्रु लिएर काठमाडौं फर्किएको थियो । एयरलाइन्सले हरेक शनिवार ए ३२० विमानमा काठमाडौँदेखि सांघाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ ।

डिसेम्बर २० देखि २०२४ जनवरी २७ सम्म हप्तामा दुईवटा उडान गर्ने तालिका रहेको छ । एयरलाइन्सले सेप्टेम्बरमा काठमाडौंबाट पूर्वी चीनको तटीय सहर छिङदाओमा सिधा उडान सुरु गरेको थियो ।

एयरलाइन्सको नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्नेमा विश्वास गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर सि युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गरेका छन् ।

कोभिड- १९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताईएको छ ।

काठमाडौं-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ। हरेक शनिबार विहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।