Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदै

१७ आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदै

नेपालमा पनि ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता भन्ने मुला नारा सहित  विभिन्न कार्यक्रमको आयोजना गरी कार्यक्रम मनाइन लागेको हो ।

सन् १९९२ मा संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा विश्वभर मनाइँदै आइएको छ । यो दिवस अपाङ्गताभएका व्यक्तिका अधिकारको विषयमा जोड दिँदै मनाईने गरिन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ रहेको छ । जसमध्ये पुरुषको सङ्ख्या ३ लाख ५१ हजार ३ सय १ र महिलाको संख्या २ लाख ९३ हजार ४ सय ४३ रहेको छ ।

जसमध्य ३७.१ प्रतिशत व्यक्ति शारीरिक अपांगता भएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा उल्लेख गरिएको छ । यसवर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ।