Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

१७ आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्सको मिन्डानाओमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति १०:३० बजेको समयमा उक्त भूकम्प गएको हो ।

मिन्डानाओमा गएको उक्त शक्तिशाली भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.५ म्याग्निच्युडकोमापन गरिएको उक्त भूकम्पको गहिराइ ३२ किलोमिटर रहेको बताईएको छ ।

फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सले शक्तिशाली भुकम्पछी सुनामीको लहर आउने बताएको छ । फिलिपिन्सको स्थानीय समयअनुसार सुनामीको लहर मध्यरातमा आउन सक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको बताएको छ ।

भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउन सक्ने चेतावनी दिइएको छ । उक्त चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको बताएको छ ।

भूकम्प पछिको सुनामीको चेतावनी पछी समुद्रमा रहेका डुंगाहरुलाई अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता गराउदै सुरिगाओ डेल सुर र दावाओ ओरियन्टल प्रान्तका समुद्री किनारका वस्तीलाई तुरुन्त हटाएर प्रभावित क्षेत्रभन्दा टाढा रहन भनिएको छ ।

फिलिपिन्स प्रशान्त महासागरको चारैतर्फ घुम्ने ज्वालामुखी प्रभावित क्षेत्र भएको र जहाँ भुइँचालोको गतिविधि भइरहने हुँदा भूकम्प जानुलाई फिलिपिन्समा सामान्य मानिने गरेको छ ।