Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सम्पर्कमा नआए ३० दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेजी गर्ने प्राधिकरणको चेतावनी

१७ आइतबार , मंसिर २०८०एक बर्ष अगाडि

सम्पर्कमा नआए ३० दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेजी गर्ने प्राधिकरणको चेतावनी

३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने उक्त कम्पनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

नियमानुसार बुझाउनु पर्ने अडिट वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा उक्त विवरण नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक-पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको भन्दै प्राधिकरणले सात दिने सूचना प्रकाशन गरेर निर्देशन दिएको सुचनामा जनाईएको छ ।

प्रधिकरणले नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र प्राधिकरणको सम्पर्कमा आउन सूचना मार्फत आग्रह गरेको हो ।

प्रधिकरणले उक्त अवधिभित्र पनि सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।