Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पेट्रेलको मूल्य घट्यो ग्यास यथावत

१५ शुक्रबार , मंसिर २०८०एक बर्ष अगाडि

पेट्रेलको मूल्य घट्यो ग्यास यथावत

बिहीबार मध्यराति देखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आयल निगमले ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य घटेर आएअनुसार मूल्य घटाएको हो ।

बिहीबार मध्यराति देखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो । तर, ग्यासको मूल्य बढेर आएको भएपनि अहिले एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

नयाँ मूल्यअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ भने डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।

त्यस्तै नयाँ मूल्यअनुसार सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने बताईएको छ । उक्त स्थानहरुमा डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ कायम गरिएको छ ।

हाललाई एलपी ग्यासको मुल्य यथावत राख्दै पुरानै मूल्यअनुसार देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम गरिएको निगमको सुचनामा जनाईएको छ ।