Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

च्याङ्ग्रा नबिकेपछि खाद्यले लिलाम गर्दै

१५ शुक्रबार , मंसिर २०८०एक बर्ष अगाडि

च्याङ्ग्रा नबिकेपछि खाद्यले लिलाम गर्दै

हिन्दुहरुको ठुलो पर्व दशैं–तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएको च्याङ्ग्रा नबिकेपछि लिलाम गर्ने भएको छ । उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किनेको च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्न लागेको हो ।

खाद्य कम्पनीले लिलामीको सूचना निकाल्दै स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेस गर्न सक्ने बताएको छ । बोलपत्रमा धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी १ हजार १ सय २५ रुपैयाँ तोकिएको छ ।

सहुलियत दरमा उपभोक्तालाई बिक्री वितरण गर्न खाद्य कम्पनीले खसी, बोका र च्याङ्ग्रा किनेकोमा खसी–बोका बिक्री भए पनि झन्डै ९० वटा च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्न लागेको सुचनामा बतईएको छ ।

२०८० को दशैंमा खाद्य कम्पनीले च्याङ्ग्राको मूल्य १ हजार २ सय ५० रुपैयाँ प्रतिकिलो तोकेको थियो । तर, च्याङ्ग्रा लिने ग्राहकको आकर्षण नदेखिएपछि कम्पनीले मूल्य घटाउँदा पनि च्याङ्ग्रा सबै बिक्रि नभएको र अहिले पनि कम्पनीको खोरमा हाल ९० वटा च्याङ्ग्रा बाँकी रहेको बतईएको छ ।

दरभाउ पत्र पेश गर्ने म्याद आगामी पुस १ गते दिउँसो १२ बजेसम्म रहेको छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुचनामा जनाईएको छ । हाल कम्पनिसंग रहेको च्याङ्ग्राको औसत तौल ३० देखि ३५ किलोको रहेको छ ।